Written by: Srishad Shiwakoti - 27026, Grade VIII
Posted on: 21 December, 2022
केही समय अगाडि हाम्रा पूर्वजका समयमा
लगाउथे दौरा सुरुवाल ढाका टोपी शिरैमा
हिँड्थे हलो जोत्न बल बोकी काधमा
धेरै काम भए पनि हिँड्थे हाँसो लिएर ओठमा ।
अल्छीपना शब्दै थिएन उनीहरूको शब्दकोशमा
जाँगर र बाध्यता नै थियो उनीहरूको प्रेरणा
खाजा खान्थे चिउरा भटमास दाँत दुखे पनि
खाना खान्थे गुन्द्रुक ढिडो नेपालको पहिचान मानी ।
अहिले हेर्याे दौरा सुरुवाल देखिन्छन् मात्र बिहेमा
अल्छीपना जागिसक्यो नेपालीको शिर ढाकी मनमस्तिष्कमा
ढिडो त के गुन्द्रुक पनि हटिसक्यो नेपालीको खानामा
चिउरा भटमास मिठो भएन मम पिज्जा सबको पेटमा ।
कति मिहिनेत गरेर पुर्खाले बनाए हाम्रो साझा सुन्दर नेपाल
तिनै पुर्खाको रगत पसिना बिर्सेर फेरि ध्वस्त पारिसक्यौ नेपाल
आधुनिकताको नाममा नेपाली संस्कृति भुलेर बन्दै छौँ गवार
हडप्दै छौ तिनै पश्चिमेली विध्वंसकारीहरूको व्यवहार ।
छठ, ल्हाेसार हराइसक्यो आयो हालोवीनको अध्याँरो
बालकदेखि वृद्धालाई लाग्न थाल्यो क्रिसमस प्यारो
खान लाउन, रहनसहन, भेषभूषा सबै बदलिइसक्यो
डर लाग्छ कुनै दिन नेपालको नाम नै बदलिने हो ।