Logo

Student Corner

जनावरकाे पिर

Written by: Agraj Rijal - 29004, Grade VI

Posted on: 19 December, 2022

अति नै स्वार्थी मानिस जाति संसारभर फैलेका
जङ्गल फाड्ने जीवजन्तु मार्ने यिनै काम गरेका ।

जनावरहरू राेइरहन्छन् मानिसलाई देखेमा
पीडाले कति छट्पटाउँछन् टाउकाेमा टेकेमा ।

पसलमा जब बिक्न पुग्दछन् चित्त पाे दुखाउँछन् 
बाच्ने इच्छा त धेरै भए नि जीवन टुङ्ग्याउँछन् ।

जनावरका पीडित आत्मा राेएका छन् धेरै 
रगत देखे तर्सिन्छन् धेरै तड्पिन्छन् मनभित्रै ।

हिमाल पहाड तराईमा थुप्रै जनावर  रहे नि
तिनका अङ्ग अङ्ग लिनलाई मानिस लागे नि ।

जिउने अधिकार उनकाे पनि  छ मानिस बुझ्दैनन् 
प्राणीप्रतिकाे माया ममतामा किन हाे  रुझ्दैनन् ।

जब मानवले प्राणीकाे मनमा बसेर रुने छाै 
जनावरहरूकाे जीवन बुझे महान हुने छाै  ।