Logo

Student Corner

खेलकुद सप्ताहकाे अनुभव

Written by: Rhiten Giri - 28026, Grade VII

Posted on: 16 December, 2022

३१ असोज २०७९ 
म आज बिहान ६ बजे नै उठेँ र म धेरै उत्साहित थिए किनभने आज मेरो खेल  विद्यालयमा खेलकुद सप्ताह थियो ।  मेरी आमाले मलाई पानी पिउन र मेरो बिहानकाे खाजा खान बोलाउनुभयो । बिहानको खाजा खाएपछि म स्कुल गएँ र त्यस दिन मेराे चेस खेल थियाे । चेस खेलमा मैले प्रायः मेरा क्लबका साथीहरूलाजित्थेँ तर त्यस दिन क्लबका साथीहरू बाहेक अन्य साथीहरू पनि थिए । मेरा साथीहरू लगायत मैले पनि चेस  धेरै खेलेँ । सुरुमा मैले चेस खेलेँ सधैँ प्रथम हुने म यसपालि भने चौथो भएँ । खेल भनेकाे नै यस्तै हाे हारजीत त हुन्छ नै भनेर चित्त बुझाएँ र अन्य ईखेलकाे अवलाेकन गर्न थालेँ ।  म र मेरा साथीहरू कुरा गर्नमा यति व्यस्त थियौँ कि हामीले खेलकुद बिर्सियौँ । चेस खेल्दा टेबलटेनिस ढिला भएकाे थियाे । । म टेबलटेनिसमा उत्कृष्ट थिइनँ त्यसैले म फिस्ट राउन्डमा हारेँ ।  हारेपछि म धेरै दुखी थिएँ किनभने पहिलो राउण्डमा हारेपछि अर्को राउण्डमा खेल्न नसकेपछि म अयोग्य भएँ र अयोग्य भइसकेपछि म साथीहरूसँग घुम्न थालेँ केही घण्टापछि सरले ब्याडमिन्टनमा रहेका सबैलाई फोन गरेर भन्नुभयो । त्यसपछि हामी ब्याडमिन्टन कोर्टमा  गयाैँ ।  ब्याडमिन्टन कोर्टमा, मैले पहिलो, दोस्रो र तेस्रो राउन्ड जितें तर चौथो राउन्डमा मेरो साथीसँग हारेँ। म हारेपछि हामी केटीको फुटबल हेर्न गयौँ र हाम्रो टोली नराम्ररी हार्दै थियो र अन्त्यमा, हाम्रो टोलीले आज कुनै पनि खेल जित्न सकेन । त्यस कारणले मन निकै भारी बनाएर घर फर्किएँ । घरमा गएपछि मैले आफ्ना अभिभावकसँग पनि साे कुरा राखेँ । अभिभावले पनि खेल भनेकाे यस्तै हाे हारजीत त भइहाल्छ । हामीले हरेक परिस्थितिसँग जुधेर अगाडि बढ्नुपर्छ भनेर सम्झाउनुभयाे त्यसपछि मैले पनि साे कुरामा चित्त बुझाएँ । विद्यालयमा दिनभरि खेलमा नै बिताएका कारणले निकै थकाइ लागेकाे थियाे त्यसैले फटाफट खाना खाएँ र सुत्न गएँ तर दिउँसाेकाे कुरा मनमा खेलेकाे कारणले एकछिन टाेलाएकाे थिएँ । त्यसपछि भने कतिबेला निदाएँ पत्ताे पाइनँ ।