Written by: Suphiyana Ghimire - 27016, Grade VIII
Posted on: 15 December, 2022
के हो र संविधान ?
देशै नभएपछि
के हो र देश?
नेतृत्वकर्ता नभएपछि
के हो र मृत्यु ?
जीवन नभएपछि
के हो र जीवन?
समयको महत्व नभएपछि
के हो र धन?
इज्जत नभए
इज्जत लिने त गर्छौ
तर
अरूलाई होच्याएर किन ?
केही हैन इज्जत
यदि
एकअर्कामा सम्मान छैन भने
हिँड्ने छौँ हामी जीवनको बाटो
बोकेर दुख र सुखको पोको
मान्छेको जीवन ठेगाना छैन रोकिन्छ कहाँ
तर पनि छन्
अनेक लोभले मन भरिएका
तिम्रो छ, होला धेरै धन
त्यही पनि किन मनमा स्वार्थ?
भन न
के हो र जीवनको अर्थ ?
के धन मात्रै हो महत्त्वपूर्ण