Logo

Student Corner

भान्छामा चुरा बजेको राम्रो ?

Written by: Krishma Thapa - 27005, Grade VIII

Posted on: 09 December, 2022

हामी अहिले यति अगाडि आइपुग्दा पनि  पनि भान्छाका कामहरू  महिलाले गरेको राम्रो पुरुष  टाढै  बसे हुन्थ्यो भन्ने लाग्छ । भान्साका  काम महिलाहरूलाई लगाएर बाहिरको काम भने पुरुषहरूले गर्दछन्। घरको कमाई गर्ने  पुरुष भनेर चिनिन्छ। काठमाडौंमा मात्र   होइन  नेपालका कतिपय ठाउँहरूमा अहिले पनि  घरकाे  काम भने महिलालाई  दिइन्छ ।

हामी कतिपयका घरमा  अहिले  आमाहरू काम गर्न जानुहुन्छ तर घर फर्किएपछि  भान्छातिर लाग्नुहुन्छ । दिनभरि थाक्ने गरी काम गर्‍याे  र घर आएर पनि  घरकाे काम सबै  गर्नु पर्ने। सबैकोमा त होइन होला तर कुनै कुनै घरमा मात्र बुवाले सघाएको देखिन्छ ।  भारी काम महिलाले गर्न नहुने यस्तो गर्न सक्दैनन्  उस्तो गर्न सक्दैनन् भनी  हेपिएका थिए । अहिले हेर्दा गाडीहरू पनि महिलाले चलाएको देखिन्छ । महिलाहरू अहिले भने निकै अगाडि  पुगेका छन् ।  पहिले  बाँधिएर राखिएका महिलाहरूले केही गर्न  सकेनन्। नियमहरू बाँधिएको देखेर वाक्क लाग्थ्यो। नियमहरू सबै महिलाहरूमा लगाइएका जस्तै  यसो नगर उसो नगर समाजले यस्तो  भन्छ उस्तो  भन्छ भन्दै महिलाहरू डराएका थिए । अहिले पनि कति ठाउँमा महिलाहरूलाई नियमले बाँधिएको छ । आफ्नो खुसी गर्न नहुने जैले पनि घरकै काम  भान्छाकाे काम  गरेरै  जीवन बित्ने भो ।  पुरुषहरूलाई सबै कुराको छुट् छ । नियमले कोही बाँधिएका छैनन् ।   घरको  कमाउने मान्छे हो भन्दैमा यही नै हुँदैन । हो कमाइले घर  चल्छ तर त्यही  भन्दै अरूलाई  होच्याउन त मिल्दैन नि । पहिला र अहिलेको समयमा निकै फरक छ अहिले अफिसमा महिलाहरूले काम गरेको देखिन्छ  ठूलाठूला स्थानमा महिलाहरू देखिन्छन्  । समयको परिवर्तन आयो जस्तै महिलाहरू पनि सोच परिवर्तन गरेर  अगाडि बढेका छन् । पहिला जुन  भान्सामा चुरा बजेको राम्रो सुनिन्थ्यो भने अहिले  जसले पनि पकाए  हुन्छ। अहिलेको समयमा कामले मान्छे व्यस्त हुन्छन्  कसैलाई फुर्सदै हुँदैन। मान्छेको सोच बिचार  सबैमा परिवर्तन आउनुपर्छ । एकको सोचमा परिवर्तन आएन भने पुरै समाज  परिवर्तन हुन  समय लाग्छ ।  जति  ढिला हामीले गर्‍याे त्यति बेला अगाडि बढ्न  गाह्राे  हुन्छ । एकले मात्र हैन सबैले आफ्नो सोचलाई बदल्नुपर्छ आफू अगाडि बढेर  मात्र हुँदैन समाजलाई अगाडि बढाउनुपर्छ। जहाँ पहिले महिलाहरूलाई  हेपिन्थ्याे ।  अहिले महिलाहरू अगाडि बढेका छन् ।  

समाजको बारेमा न साेची पहिला आफूलाई परिवर्तन गर्नुपर्छ । आफ्नो सोच र बिचार बदलिएपछि  समाज आफैँ बदलिन्छ । विगतले महिलाहरू अगाडि  बढ्दैछन् र  आफूले गर्ने काम समाजको देखिरहेका छन् प्रगति देखाइरहेका छन्।