Logo

Student Corner

न्यानो घाम

Written by: Anuska Kalu - 27025, Grade VIII

Posted on: 07 December, 2022

बिहान कति न्यानो घाम
बेलुका पनि
त्यो पहेँलो सुन्तला रङको
डुबिरहेको घाम १

हेर्दा कति सुन्दर
हेरूँ हेरूँ लाग्ने
हेर्दा कति रमाइलो
कति रमाइलो वातावरण २

घर फर्किंदा देखिने
जहिलेको दृश्य
जहिले हेरिरहने तर
कैले नपुग्ने । ३

न्यानो घाम
बिहानी छ
बिहान जुन झ्यालबाट देखिने
जसले गर्दा उठ्नुपर्ने  ४

घामको त्यो किरण
न्यानो बनाउने
सजिएकाे  देखिने
त्यो न्यानो घाम ५