Written by: Anuska Yadav - 26003, Grade IX
Posted on: 06 December, 2022
किसान जहिले खटेका
दिनरात केही नभनी,
पाल्नु छ पेट सबैकाे
जिउनु छ जीवन जसरी ।।१।।
घाम र वर्षा नभनी
गुनासो कसैलाई नगरी,
सजिलो काम होइन यो
गर्नु छ दिन रातभरि ||२||
पैसाकाे चाह सबैलाई
काम गर्न हुन्छ कठिन
अगाडि बढ्न गाह्राे छ
किसानी जीवन बिताउन|| ३||
हुँदैन कहिल्यै भनेझैँ
आशा, निरासा भइदिन्छ
रहेछ जीवन घाम छाया
भनेर मन बुझाइन्छ || ४ ||
जीवन आधा माटाेमा
पसिना सधैँ चुहाई
कृषकको जीवन खै के हाे ?
जीवन बितेछ चाल नपाई ||५ ||