Logo

Student Corner

बालबालिका र विद्यार्थीका अधिकारहरू

Written by: Eshanee Manandhar - 28004, Grade VII

Posted on: 06 December, 2022


अधिकार भनेको सबैलाई समान रूपमा दिनु पर्ने कुरा हो। अर्को शब्दमा भन्नुपर्दा, अधिकार भनेको व्यक्तिसँग हुनुपर्ने त्यस्तो चीज हो जुन मानिसहरूबाट खोस्नु हुँदैन। । यो समयमा हामीमध्ये धेरैले आफ्नो अधिकार पाएका छौं तर विगतमा धेरैले आफ्नो अधिकार पाएका थिएनन् । यस समयमा हाम्रा उमेरका केही बालबालिकाहरूलाई पाउनुपर्ने अधिकार प्रदान गरिएको छैन । ती बालबालिकाले उचित शिक्षा ,खाना, लत्ताकपडा, बास आदि पाउँदैनन् जसले गर्दा हाम्रो देशमा नकारात्मक प्रभाव पर्छन् तर सरकारले अझै पनि ती मानिस तथा बालबालिकाहरूलाई अधिकार दिएको छैन । ती बालबालिकाले शिक्षा पाए पनि उनीहरूलाई उचित विद्यार्थी अधिकार प्रदान गरिएको छैन ।

वयस्क व्यक्तिहरू स्वतन्त्र रूपमा एक्लै हिँड्न सक्छन्, उनीहरूले चाहेको स्वतन्त्रता प्राप्त गर्न सक्छन् । ठुला मानिसहरूलाई मन नपर्ने कुराहरूको विरुद्ध जान सक्छन् तर विद्यार्थी वा बालबालिकालाई चाहिँ के गर्ने त  ? कतिपय अभिभावकका अनुसार विद्यार्थी वा बालबालिकालाई बाहिर घुम्न जानु राम्रो होइन । उमेरले गर्दा हामी कुनै कुराको विरुद्धमा जान सक्दैनौँ ।  हाम्रो आवाज उठाउन सक्दैनौँ । यस्ता कुराले कुनै अर्थ राख्दैन । यस प्रकारको नराम्रो गतिविधि, धेरै वर्ष पहिलेदेखि अवस्थित छ जुन धेरै खराब छ । धेरै जसो विद्यालयमा, विशेष गरी सार्वजनिक विद्यालयमा शिक्षकहरू एकदमै कडा हुन्छन् र कहिलेकाहीँ उनीहरूले विद्यार्थीहरूलाई हानि पुर्‍याउन हात र अन्य विभिन्न प्रकारका सामग्रीहरू पिट्न वा हप्काउन प्रयोग गर्छन् जुन पूर्ण रूपमा बालबालिकाको अधिकारको विरुद्धमा जान्छन् ।  बालबालिकाले /विद्यार्थीहरूले धेरै प्रकारका अधिकारहरू प्राप्त गर्नु आवश्यक छ जस्तै शिक्षाको अधिकार, छनोटहरूको अधिकार , मनोरञ्जनको अधिकार, स्वतन्त्रताको अधिकार , सार्वजनिक रूपमा कुनै कुराको विरुद्धमा जाने अधिकार  आदि ।  किनकि यदि बालबालिकाले ती प्रकारका अधिकारहरू पाएनन् भने हामी भन्न सक्छौं कि हाम्रो भविष्य र उनीहरूको भविष्य नष्ट हुन सक्छ । किनभने हामीलाई थाहा छ कि ती बालबालिकाहरू हाम्रो राष्ट्रको भविष्य हुन्।

सबै प्रकारका अधिकारहरू प्राप्त गर्नका लागि हामी विद्यार्थी र बालबालिकाले पनि हामीले दिएको काम वा जिम्मेवारी पूरा गर्नुपर्छ । आजकल, हामीले यो पनि देखेका छौं कि अधिकांश अभिभावकहरूले आफ्नो बच्चालाई डाक्टर, पाइलट, वकिल आदि बन्न दबाब दिइरहेका छन्  । जुन स्वतन्त्रताको अधिकारको विरुद्ध पनि हुन्छ । प्रत्येक बालबालिका र विद्यार्थीहरूको आ-आफ्नै प्रकारका अधिकारहरू छन् र मेरो विचारमा त यदि उनीहरूले आफ्नो कर्तव्य वा जिम्मेवारी पूरा गर्छन् भने उनीहरूलाई ती सबै अधिकारहरू प्रदान गर्नुपर्छ ।