Logo

Student Corner

तराई क्षेत्र

Written by: Tanishq Shakya - 28011, Grade VII

Posted on: 02 December, 2022

समथर जमिन र उर्वर माटो भएकाले यस क्षेत्रमा धेरै मानिसको बसोबास छ । थारू, राजवंशी, मुसहर, राजपूत, सतार, धिमाल, यादव, झा, मुस्लिम आदि यहाँका मुख्य बासिन्दा हुन् । हावापानी तातो छ, त्यसैले मानिसहरू हल्का सुती लुगा लगाउँछन्। पुरुषले धोती, कुर्ता र महिलाले लेहेंगा, चोली र ब्लाउज लगाउँछन् । यस क्षेत्रका मानिसहरू थारू, मैथिली, भोजपुरी, अवधी आदि भाषा बोल्छन् । गाउँका घरहरू माटोले बनेका छन् र बाँस वा काठको खम्बाले घाँसको छाना बनाइएका छन् । यस्ता घरका भित्ताहरू चित्रकला, फूल र जनावरहरूले सुन्दर ढङ्गले सजिएका हुन्छन्। सहरहरूमा आधुनिक भवन र धेरै उद्योगहरू निर्माण भएका छन् । मुख्य खानेकुरा चामल, दाल, रोटी र तरकारी हुन् । छठ, होली, माघी, सिरुवा जस्ता चाडपर्व मनाउने गर्छन् । उनीहरूको मुख्य पेसा कृषि हो तर मानिसहरू व्यापार, र सेवामा पनि संलग्न छन् ।