Logo

Student Corner

शारीरिक शिक्षा

Written by: Aarya Dhami - 27023, Grade VIII

Posted on: 29 November, 2022

शारीरिक शिक्षा भनेको एउटा विषय हो जसले  हामीलाई आफ्नो मानसिकभन्दा पनि शारीरिक रूपको महत्त्व सिकाउँछ । शारीरिक शिक्षामा शारीरिक व्यायाम, योग र खेलकुदको बारेमा सिकाउँछ । शारीरिक शिक्षा एउटा धेरै महत्त्वपूर्ण विषय हो, यसले नै हाम्रो शारीरिक विकास हुन्छ र हामीलाई शारीरिक रूपमा लागिने रोगहरू पनि लाग्दैन ।

शारीरिक व्यायामः  शारीरिक व्यायामले हामीलाई शारीरिक व्यायाम महत्त्व, आवश्यकता प्रकार र तरिकाकाे बारेमा सिकाउँछ  । शारीरिक व्यायामले हाम्रो शरीरलाई बलियो, स्वस्थ र सक्रिय राख्छ । जब हामी हरेक दिन शारीरिक व्यायाम गर्छौ ।  हाम्रो सबै अङ्गहरूलाई बलियो र सक्रिय बनाउँछ र यसले हाम्रो अङ्गहरूको विकास पनि गर्छ । शारीरिक व्यायामले हामीलाई चोट र घाउसँग पनि बचाउँछ । शारीरिक व्यायामले हामीलाई नराम्रो सोचबाट पर राख्छ र राम्रो सोच र विचारसँग राम्राे बनाउँछ  ।

योग भनेको पनि एउटा व्यायाम हो, जसमा सास नियन्त्रण गर्ने, ध्यान गर्ने र शरीरलाई फरक अवस्थामा राख्ने काम गर्दछ । योगले शान्ति सिर्जना गर्छ ।  ढाडकाे  दुखाइ कम गर्छ र नराम्रो सोच हटाएर राम्रो सोचमा परिवर्तन गर्छ । योगले हाम्रो मानसिक र शारीरिक स्वास्थ्यको विकास गर्छ । योगले हाम्रो दिमागलाई पनि नराम्रो कुराबाट हटाउँछ ।

शारीरिक शिक्षा हाम्रो जीवनकाे लागि  धेरै महत्त्वपूर्ण कुरा हो किनभने यसको शिक्षाको कारण हाम्रा अङ्गहरू बलिया र सक्रिय हुन्छन् र हाम्रो दिमागलाई पनि यसले सक्रिय र बलियो बनाउछ र साथ साथै यसलाई नराम्रो भावना र सोचबाट पर राख्छ । त्यसैले जीवनलाई स्वच्छ र रहरलाग्दाे बनाउन शारीरिक शिक्षाबाट लिइएकाे शिक्षालाई दैनिक जीवनमा पनि प्रयाेग गर्नुपर्छ ।