Logo

Student Corner

स्थलगत अध्ययन भ्रमण

Written by: Sonu Lama - 2026021, Grade V

Posted on: 27 February, 2020

मिति २०७६ माघ २७ गते साेमबारका दिन सिफल सेकेन्डरी स्कुलबाट हामी कक्षा ४ र ५ का विद्यार्थीहरू स्वयम्भुनाथस्थित राष्ट्रिय ऐतिहासिक सङ्ग्रहालयकाे अध्ययन भ्रमणका लागि गयाैँ । हामी भ्यान र बसमा गएका थियौँ । सबैले आफ्ना लागि खाजा ल्याएका थियौँ । स्वयम्भुनाथको राष्ट्रिय ऐतिहासिक सङ्ग्रहालयमा जाँदा म साथी कृष्टिनासँग बसेकी थिएँ । हामी करिब १०. ४० मा त्यहाँ पुग्याैँ । हामीले त्यस सङ्ग्रहालयमा बाघकाे  छाला, चितुवाको छाला, वन बिरालो,खरायो,चमेरा आदिको छाला धेरै किसिमले सजाएकाे देख्याैँ । सङ्ग्रहालयकी एकजना महिला कर्मचारीले हामीलाई व्यहाँको बारेमा बताउनु भयो। उहाँले हामीलाई त्यहाँका सामानहरू नछुनु भन्नुभयाे । त्यहाँकाे रमाइलाे दृश्यकाे अवलाेकन गरी कापीमा टिपाेट गरिसकेपछि हामी त्यहाँ एउटा चिप्लेटीजस्तो घाँसमा खेल्याैँ । त्यहाँ धेरै बाँदरहरू थिए । त्यहाँकाे रमणीय दृश्य र जीवितका साथै मृत जनावर र विविध ऐतिहासिक महत्त्वका सामग्रीकाे अवलाेकन गरिसकेपछि लक्ष्मण सरले  हामीलाई खाजा खान भन्नुभयो। हामी खाजा खान थार्ल्यौं । हामीसँग धेरै समय थिएन त्यसैले हामी आधा खाजा मात्र खार्यौं । त्यसपछि हामी फर्केर स्कुल गर्यौं। हाम्राे यस स्थलगत अवलाेकन भ्रमण धेरै स्मरणीय रह्याे । यस भ्रमणबाट हामीले धेरै जानकारी पायाैँ ।