Logo

Student Corner

पुस्तकवार्ता

Written by: Eshanee Manandhar - 28004, Grade VII

Posted on: 28 November, 2022

हाम्राे विद्यालयले २०७९ साल असार २२ गतेका  दिन शैक्षिक वर्ष २०७९ को तेस्रो पुस्तकवार्ता गरेकाे थियाे । पुस्तकवार्ता भनेको केही पुस्तक, उपन्यास, कविता आदिका लेखकहरूसँगको कुराकानी हो । मेरो विद्यालय, सिफल माध्यमिक विद्यालयले सधैं केही रचनात्मक कार्यलाई अगाडि ल्याएको छ । हामीलाई पढ्नको लागि रमाइला नेपाली र अंग्रेजी पुस्तकहरू हरेक महिना उपलब्ध हुन्छ  तिनै पुस्तकका लेखकहरूलाई बुक टक अर्थात पुस्तक वार्ताका लागि बाेलाउने गरिन्छ ।  जुन कार्य म लगायत मेरो विद्यालयका हरेक विद्यार्थीहरूलाई वास्तवमै राम्रो लाग्छ । हरेक महिनाजस्तै यस महिनाको पुस्तकवार्तामा मेरो विद्यालयले पुस्तकका लेखक अन्तरक्रियाकाे लागि अन्तरिक्षकाे धर्तीमा लेखकलाई निम्तो दिएकाे थियाे  । उहाँ अहिलेकाे समयका चर्चित छन्दकवि सुदेश सत्याल हुनुहुन्थ्याे । उहाँले लेखेका केही कविताहरू पढेपछि म त्यो बेला झनै उत्साहित भएँ । मञ्चतर्फ लाग्दा उहाँलाई हाम्री नेपाली शिक्षिका लक्ष्मी तिवारीले न्यानो स्वागत गर्नुभयो ।

मञ्चमा आएपछि उहाँले पहिलो पटक नेपाली साहित्यकारको रूपमा  कविकाे परिचय गराउनुभयाे । उहाँ हामी बच्चाहरूसँग धेरै खुल्ला हुनुहुन्थ्यो जुन मलाई साँच्चै राम्रो लाग्यो। त्यसपछि उहाँले आफ्नो जीवनको बारेमा थप बताउन थाल्नुभयाे ।  कवि कक्षा ६ मा पढ्दादेखि नै कविताप्रति जिज्ञासु हुनुहुँदाेरहेछ  ।  छन्दको बारेमा केही कुरा गरेको भन्दै  अघिल्लो दिन उदयपुर सहरबाट फर्किनुभएकाे रहेछ  । गुरुकुलमा पढेपछि उहाँले केही कविहरू लेख्न थाल्नुभएछ ।  जसले गर्दा उहाँको कविताप्रति रुचि बढेकाे रहेछ । कक्षा १० पछि कविताको बारेमा साँच्चै उत्सुक भएकाले उहाँले कक्षाहरू छाेडी छाेछी कविता पढ्न थाल्नुभएछ ।उहाँले कक्षा १० मा विज्ञानको किताब कहिल्यै नपढ्ने र त्यस समयमा कवितामा मात्र ध्यान दिएकाे कुरा गर्नुभएकाे थियाे ।  पढाइमा नराम्रो भए पनि कविता लेख्ने शाेख उहाँले कहिल्यै छोड्नुभएन  । कक्षा १२ मा पढ्दा उहाँले एउटा कविता लेख्नुभएछ  जुन उहाँलाई साँच्चै राम्रो लाग्यो र उहाँले प्रतियोगितामा भाग लिएर प्रथम पनि हुनुभएछ  । यसरी उहाँले आफ्नो पहिलो कविताबाट पुरस्कार जितेपछि उहाँ निकै उत्साहित हुनुभएछ  र अझै धेरै कविता लेख्न थाल्नुभएछ ।। पहिलो पुरस्कारबाट प्रेरणा पाएपछि उनले थप प्रतियाेगितामा  भाग लिन थाल्नुभएछ  र थप पुरस्कार जित्न थाल्नुभएछ । त्यसपछि गर्न काठमाडौं आउनुभएछ  । उहाँलाई टेक्नोलोजीको बारेमा थाहा नभएको कारण, उहाँका केही साथीहरूले विभिन्न सामाजिक सञ्जालमा वाचन गरिएकाे भिडियाे  पोस्ट गर्न भनी सुझाव दिएछन् । २०७२ सालमा उहाँकाे फर्केर आऊ घर कविता युट्युबमा आएछ  । त्याे कविता सबैले मन पराएछन् । त्यसपछि उहाँले निरन्तर रूपमा युट्युबमा कविता राख्न थाल्नुभएछ । ती कवितालाई धेरैले हेरेछन् र मन पराएछन् । त्यसपछि उहाँ धेरैतिर चिनिन थाल्नुएकाे कुरा हामीसँग गर्नुभएकाे थियाे ।

त्यसपछि उहाँले आफ्ना केही कविताहरू सुनाउनुभयाे ।  जसलाई सबैले वाचनका लागि अनुराेध  अनुरोध गरेका थियाैँ  । हामीले पनि उहाँलाई जीवनको बारेमा धेरै प्रश्नहरू सोध्यौं। उहाँको कविता लेखन यात्रामा आमाबाबुले पनि साथ दिएकाे कुरा राख्नुभयाे ।  अन्त्यमा उहाँले ताली नमार्नु अब शीर्षककाे कविता वाचन गर्दा निकै मावल तातेकाे थियाे । त्यसपछि हाम्री नेपाली शिक्षिकाले जानुअघि, हाँलाई धन्यवाद दिनुभयो र मायाकाे चिनाे पनि दिनुभयो जुन हामी पुस्तक वार्तामा हामीलाई भेट्न आउने प्रत्येक लेखकहरूलाई दिन्छौँ।