Logo

Student Corner

मेरो एक दिनको अनुभव

Written by: Smriti Lama - 23022, Grade VI

Posted on: 22 November, 2018

म आज बुधबारका दिन डी. ए. भी. सुशील केडिया विश्व भारती विद्यालय गएकी थिएँ |  मेरो विद्यालयबाट अरू धेरै विद्यार्थीहरू पनि गएका थिए | हामी आठ जना थियौं | हामी धेरै उत्साहित थियौं | हामी विजयी हुने लक्ष्य लिएर डी. ए. भी. विद्यालय पुगेका थियौं | त्यहाँ धेरै प्रतियोगिताहरू हुँदै थिए |  त्यहाँ नृत्यकला, श्लोक वाचन कला, वक्तृत्व कला, नाटक, आदि प्रस्तुतिहरू थिए | हामी त्यहाँ नौ बजे पुगेका थियौँ | हाम्रो विद्यालयबाट हामीले श्लोक वाचन र नृत्य कलामा भाग लिएका थियौँ | डी. ए. भी. स्कुलको प्रतियोगिताहरूमा भाग लिन अरू धेरैवटा स्कुलबाट विद्यार्थीहरू आएका थिए | डी. ए. भी. स्कुल धेरै नै ठुलो थियो | हामीलाई प्रतियोगिता सकिएपछि भोजन पनि गराउनु भयो | हाम्रो विद्यालयमा संस्कृत पढाउने महादेव गुरु पनि पहिले डी. ए. भी. स्कुलमा पढाउनुहुन्थ्यो | श्लोक वाचन गर्ने प्रतियोगीहरूलाई उहाँले नै सिकाउनुभएको रहेछ | हामी खुसी पनि थियौँ र त्रसित पनि थियौँ | हामी नृत्य कलामा दोश्रो श्रेणीमा आयौँ | त्यस विद्यालयका विद्यार्थीहरूले पनि आफ्नो प्रस्तुति देखाए | उनीहरूको प्रस्तुति मलाई निकै राम्रो लाग्यो | कला देखाउने मञ्च राम्ररी सजाइएको थियो | मिहिनेत गरेर अर्को पटक पहिलो श्रेणीमा पुग्ने विश्वास मैले लिएँ | त्यहाँ मैले धेरै कुराहरू सिकेँ  जस्तै : हामीले हाम्रो परम्परा र संस्कृत भाषालाई सम्मान गर्नुपर्छ, कहिल्यै पनि हार मान्नु हुँदैन, मिहिनेत गरे सफलतामा पुगिन्छ, आदि |