Logo

Student Corner

मेरो घर मेरो परिवार

Written by: Srishad Shiwakoti - 27026, Grade VIII

Posted on: 25 November, 2022

मेरो जन्मस्थल मेरो घर .
मेरो हुर्केको स्थल मेरो घर।
मेरो परिवारको साथ र सम्बन्धको स्थल मेरो घर,
माया ममता र आत्मीयताले भरिएको मेरो घर।

आमा, बुबा, हजुरबुबा, हजुरआमा,
भाइ अनि बहिनी सबै प्यारा।
परिवार भएको सबै मानिस सुखी हुन्छ,
मेरो सुख. मेरो परिवार मेरै घरमा छ ।

तीन वटा कोठा अनि एउटा भान्छा,
बार्दली अनि कौसी र कौसीमाथिकाे सुन्दर पूजाकोठा।
हाँसो रोदन सुख अनि दुख ,
सबै बाडिन्छन् मेरो प्यारो घरमा।

एउटा घर भनेको स्वर्ग हो,
झगडा गरी सम्बन्ध बिगारे नरक हो ।
त्यही भएर दुइ दिने जिन्दगीमा मिलेर ,
आफ्नै घरमा रमाइलो गरेर बसौँ ।