Logo

Student Corner

मेराे जीवनकाे लक्ष्य

Written by: Kabya Oli - 29014, Grade VI

Posted on: 25 November, 2022

मानिस जन्मेदेखि नै सिप, कला तथा केही न क्षमता लिएर जन्मेकाे हुन्छ । हरेक मानिसको जीवनमा केही न केही लक्ष्य हुन्छन् । हामीमा भएको आन्तरिक क्षमतालाई बुझेर हामीले आफ्नो लक्ष्य पूरा गर्नुपर्छ । लक्ष्य प्राप्त गर्दा धेरै बाधाहरू आउँछन् तर हामीले कहिल्यै पनि हार मान्नुहुँदैन । हरेक मानिसको जीवनमा केही न केही लक्ष्य हुन्छन्  त्यस्तै मेरो पनि जीवनको लक्ष्य डाक्टर बन्ने हो । |मैले मेरो लक्ष्य पूरा गर्नको लागि जीवनमा धेरै सङ्घर्ष गर्नुपर्नेछ ।

ठुला-ठुला मानिसहरू सफल हुनुको कारण उनीहरूले सानैदेखि गरेको कडा मिहेनत  हो । मानिसहरू विभिन्न लक्ष्य बोक्छन । काेही  पायलट कोही इन्जिनियर कोही कृषि ।  त्यस्तै मैले पनि मेरो जीवनमा डाक्टर बन्ने लक्ष्य लिएको छु। कुनै पनि स्वास्थ्यमा समस्या देखिएर उपचार गर्ने व्यक्तिलाई डाक्टर भनिन्छ ।  डाक्टर त्यस्ता व्यक्तिलाई भनिन्छ जसले मानिसको जीवन बचाउने काम गर्दछन्  । मलाई मेरो जीवनमा धेरै पढे लेखेर समाजको सेवा गर्नुछ ।रोगीहरूको निःशुल्क उपचार गरी उनीहरूको रोग निको पार्नु छ ।

डाक्टर बनेर पैसा कमाउने इच्छा त छ तर  पैसा कमाउँदै कमाउँदै समाजका मानिसलाई सहयोग पनि गर्ने इच्छा छ । डाक्टरहरू विश्वमा नभएको भए विश्वका आधाभन्दा धेरै मान्छेहरू बितिसकेका हुन्थे होला उपचारका  लागि हामी धेरै टाढा जानुपरेको छ । त्यसैले मैले हाम्रै समाजका मान्छेहरूलाई सेवा पनि गर्न पाऊँ भनेर डाक्टर बन्ने इच्छा राखेको छु |

सबै आर्थिक क्रियाकलापको महत्त्व छ । सबै आर्थिक क्रियाकलापले  हाम्रो समाज र समुदायका मानिसकाे विकास गर्छन् । समाज र समुदायले मात्र हैन तर खै हाम्रो देशलाई पनि विकास  गर्ने काम गर्छ । हामी सबै यो विश्वमा रहेका छौँ सबैले खुसी जीवन पाएका छौं । अनि अझै लामो जीवन बाँच्न सक्छौँ । |यो काम विश्वका विभिन्न आर्थिक क्रियाकलापको काम हो |जुन आर्थिक क्रियाकलापमा भाग लिए पनि, आफू असल मान्छे भएर अरूकाे पनि जीवन राम्रो बनाउन सक्ने मान्छे म हुन चाहन्छु । त्यसैले मेराे जीवनकाे लक्ष्य डाक्टर बन्ने रहेकाे छ ।