Written by: Rushina Tamang - 26008, Grade IX
Posted on: 24 November, 2022
ठुलाे बाकस थियाे मसित
सेताे थियाे छाना र पहेँलाे थियाे भित्ता
सानाे देखिएला बाकस अरूलाई
तर त्याे बाकस थियाे मेराे संसार
बाहिर हेर्ने झ्याल र निस्किने ढाेका
त्यही झ्याल बाहिर हेरेर साेच्थेँ
याे बाकस लिएर
त्याे ढाेका भएर बाहिर जान कहिले पाइएला ?
मेराे घर, मन्दिर र स्कुल हाे मेराे बाकस
मलाई आफूबाट र अरूबाट पनि जाेगाउँछ
भाइबहिनीहरूलाई देख्छु झाेला बाेकेर हिँडेकाे
स्कुल जान मात्र हाेइन पाउन साथी मन मिलेकाे
आमा र बुबा पनि अर्कै अर्कै लाग्छन्
ती आमाबुबा नै हाेइनन्, अझ पटक्कै हाेइनन्
न दिनकाे सूर्य हेर्न दिन्छन् न रातकाे जुन
बाकसमा नि सधैँ बस्न अत्यास लागिरहन्छ,
बाहिर के हाे ? भित्र के हाे ? रात के हाे ? दिन के हाे ?
राक्षसहरूले मलाई राक्षस जसरी राख्छन्
कहिले खजाना जसरी राख्छन्,
कहिले कामदार जसरी राख्छन्,
कहिले कैदी जसरी राख्छन्,
जाँदैछु,बाकसलाई छाेडेर र बाकसलाई बाेकेर पर………
यी राक्षसहरूकाे बन्धनबाट मुक्त भइन्छ भने
लाइदिन्छु म निधारदेखि सिउँदाेमा पर्ने सिँदुर
म बाहिर जान खाेज्दै थिएँ तर नयाँ बाकसभित्र हुल्याे
नयाँ बाकसका मालिक झन् क्रुर थिए
स्वभाव नै राक्षसी थियाे,
कैदी बनाएर कुटपिट पनि गर्थे
अहाे !! धेरै समयपछि
मलाई मेराे पुरानाे बाकसकाे याद आयाे ।
मलाई मेराे पुरानाे बाकसकाे याद आयाे ।