Logo

Student Corner

जातीय विभेद

Written by: Krishma Thapa - 27005, Grade VIII

Posted on: 23 November, 2022

गरिन्छ यहाँ जातपातको कुरा
भनिन्छ सुन्दर फूलबारी
माथि  तल्लो जात भनेर
आइरहेको  चलन १

नबुझ्ने हो के के
अन्धविश्वासहरु  सहेर बसे
दिन रात काट्नै  गाह्राे
 यो समाजको डरले २

कति   बस्छौ खपेर अन्याय
बोल्दैन कोही 
 डर लिएर बसेका छन्
त्यो गाउँको बिचमा ३

काम गर्ने  बेला चाहिने
अरूबेला आरोप लगाए
खप्नुपर्ने अन्याय 
फाइदा उठाई दलितको ४

फूलबारी  त भनिन्छ
देखिँदैन एकत्त्व यहाँ
जातीय विभेद
ठुलो समस्या हाम्रो समाजको