Logo

Student Corner

प्रकृति र वातावरण

Written by: Eshaan Kumar Rajbhandari - 27027, Grade VIII

Posted on: 16 November, 2022

प्राकृतिक  सिर्जनामा धेरै कुरा पर्दछन् । त्यसमा मनिस  स्वयं पर्दछ । प्रकृति, व्यक्ति वा  वस्तुको विशेषता हो । प्रकृतिले नै मानिसको सिर्जना गरेको हो । प्रकृतिले नै उपज गरेका अरू सिर्जनाहरू जस्तैः  पानी, हावा, वन्यजन्तु , जीव वनस्पति तथा आदिलाई राम्ररी  उपयोग गरेको छ । मानिस तथा अन्य जीवहरूको बानी, स्वभाव आदिलाई पनि प्रकृति भनिन्छ।मानिसका सिर्जनाहरूले प्रकृतिको विनाश भएको छ, साथै प्रकृतिले पनि आफ्नो सृजनाको सङ्कट गरेको छ । वातावरण र मानव बिच गहिरो सम्बन्ध छ ।

प्रकृति र वातावरणमा निर्भर रहेका प्राणी र वनस्पतिहरूले आफ्ना आफ्ना जीविका चलाउछन् । प्राणी, जीव वा वनस्पति जेसुकै होस् उनीहरूलाई बाच्नको लागि चाहिने भनेकै हावा, पानी र प्रकृतिका श्रोतहरू नै हुन् । त्यसैले हामीले वातावरण र प्रकृतिको संरक्षण गर्नुपर्छ तर असल कुरा चाहिँ के हो भन्दाखेरि मानिसले मात्र प्रकृति र वातावरणको संरक्षण गर्न सक्छ । मानवले प्रकृतिलाई बिगार्न पनि सक्छ र जोगाउन पनि सक्छ  तर आजकल मानवहरू प्रकृति र वातावरणलाई जोगाउनेभन्दा पनि बिगार्नेतिर लागिरहेका छन् ।  मानवले जब आफ्नो सुविधाका लागि प्राकृतिक श्रोतको उपयोग गर्छ त्यतिखेर उसले विवेक पुर्‍याउनुपर्‍याे  तर पुर्‍याएन । उसले नयाँ नयाँ अविष्कार गर्दै लगेको छ वा उसले आफ्नो बुद्धिको प्रयोग गरेर विभिन्न चमत्कार गरेकाे छ ।  मानिसका आविष्कार र चमत्कारहरूमा प्रकृति र वातावरणको विनाश समेटिएको छ । जस्तैः रुख बिरुवाहरू मासिएका छन्, जीवहरूकाे जीवन  सङ्कटग्रस्त छ ।   प्राकृतिक सौन्दर्य नासिएकाे छ । खाद्यान्न, फलफूल, तरकारी उत्पादन कम भएकाे छ ।  मानवहरूले आविष्कार गरेको उद्योग कारखानाबाट आउने वायु प्रदूषणले गर्दा सूर्यबाट आउने हानिकारक किरण रोक्ने आयोजना तह पातलिदै छ।

त्यसैले  हामीले प्रकृति र वातावरणको संरक्षण गर्नुपर्छ ।  नयाँ आविष्कार गर्दा वा प्रकृतिको श्रोत प्रयोग गर्दा विवेक पुर्‍याउनुपर्छ  र प्रकृतिकाे विनाश समेट्नुहुँदैन। यसरी अगाडि बढेमा प्राणी र वनस्पतिकाे जीवन सुरक्षित हुन्छ ।