Logo

Student Corner

नमस्कार

Written by: Hardik Sharma Phuyal - 29047, Grade VI

Posted on: 14 November, 2022

समस्त संसारको अगाडि हात जोड्दा
देशबाट देशमा शान्ति सुरु हुन्छ ।
म चकित हुँ कि यो यति ठूलो कुरा हो ।
यो जस्तो साधारण कुरा धेरै शक्तिशाली छ ।
मानिसहरू यसलाई
प्रेमको प्रतीककाे रूपमा  विश्वास  गर्छन्।
तर,
कसरी  यो यति रहस्यमय छ ?
जब म नमस्कार भन्छु,
मेरो मन सन्तुष्ट छ ।

यदि हामीले हात जोड्छौँ,
यदि हामी नमस्कार गर्छौं भने।
यसले युद्धहरू पनि रोक्न सक्छ
संसार आनन्दले भरिनेछ।

भाइरसको समयमा,
हात मिलाउन सकेनौँ।
तर हाम्रो नमस्कार,
यो सधैँ अमर छ र हुनेछ