Logo

Student Corner

मेरो दसैँ

Written by: Aayush Subedi - 27003, Grade VIII

Posted on: 10 November, 2022

दसैँ हिन्दुहरूको महान चाड हो । दसैँँ विश्वका हरेक देशमा बस्ने हिन्दु धर्म मान्ने मानिसहरूले  मनाउँछन् । दसैँँ नेपाली चाडपर्वमा सबैभन्दा धेरै दिन मनाइन्छ । दसैँ १५ दिन मनाइन्छ । त्यसैले विद्यालयले पनि १५ दिन नै विद्यार्थीहरूलाई  छुट्टी दिन्छन्। दसैँ चाड सबैलाई मन पर्ने र रमाइलो लाग्ने चाड हो । दसैँमा सबैलाई आ-आफ्नो गाउँ जान मन लाग्छ । दसैँमा घरको सबैभन्दा ठूलो मान्छे बाट आशीर्वाद लिइन्छ । यो चाड हर्ष, उमङ्ग इत्यादिसँग मनाइन्छ । यो पर्व सबै परिवार मिलेर मनाउने हो त्यसैले सरकारले नै विद्यालय, कार्यालय, उद्योगकलकारखाना, इत्यादि सबैलाई बिदा दिएको हुन्छ । यो पर्वमा किनमेल गरिन्छ ।

मेरो विद्यालयले असोजको ७ गते नै बिदा दिएको थियो । मैले शुक्रबार मेरो भाइसँग खेलेँ । म र मेरो परिवार शनिबार किनमेल गर्न गयौं । हामी सुन्धारातिर गयौँ। हामीले सुन्धारामा नयाँ धरहरा देख्यौं र त्यसको छेउमा हामीले भत्किएको धरहरा पनि देख्यौं । हामीले त्यहाँ सहिदगेटकाे  पनि अवलाेकन गर्‍‍‍‍याैँ ।

हामी किनमेल गर्न काठमाडौं मल गयौँ । मैले र मेरो दाइले त्यहाँ लुगा किन्याैँ ।  मैले त्यहाँ चस्मा पनि किनेँ । हामी आर बि कम्प्लेक्स गयौँ । हामीलाई भोक लागेको थियो त्यही भएर हामी एउटा पसलमा गयौँ ।  जहाँ हामीले आईसक्रिम खायौँ। हामीले मःमः पनि खायौं । आइतबार मामा घर गएँ । म सोमबार घर आएँ र आफ्नो भाइसँग खेलें। मैले मेरो भाइसँग भकुण्डो खेलेँ, क्रिकेट खेलेँ, ब्याडमिन्टन खेलेँ । हामीले चङ्गा पनि उडायौँ। त्यसको भोलिपल्ट म, मेरो भाइ र मेरी आमा मिलेर मलाई जुत्ता किन्न गयाैँ । मेरी आमाले मलाई र मेरो भाइलाई घडी  पनि किनिदिनुभयाे । । म दुई दिन मेरा टोलका  साथीसँग खेलेँ । अनि भाइहरूको घर गएँ । हामीले बिहीबार फलफूल किन्यौँ । शनिबार जानु थियो त्यसैले शुक्रबार नै हामीले प्याकिङ सकायौँ । म शनिबार ४ बजे उठें । मेरो भाइ चार  पन्ध्रमा उठ्यो। हामीले लुगा लगाइ सकेका थियौं । हामीले हाम्रा लुगा आदिहरू भएका  झोला तल झार्यौँ । बिहानकाे साढे पाँच बज्दा हामी गाडी आयो । म र मेरो भाई सँगै बस्यौं । हाम्रो गाडी अगाडि हिँड्यो। अगाडि बढ्दै जाँदा भकुण्डे बेसी आयो । त्यहाँ साढे दुई घण्टा जाम भयो । एउटा  दुर्घटना भएको कारणले साडे दुई घण्टा जाम भएको थियो अनि त्यहाँ पुलिस पनि थिएन त्यही भएर झन् समय लाग्यो । दुइ घण्टाभित्रमा हामीले नजिकैको पसलमा खानेकुरा किनेर खायौं। भकुन्डे बेसीभरि जाम भएको थियो । अरू ठाउँमा अलि अलि मात्र जाम भएको थियो । काठमाडौंदेखि रामेछापको बाटो चारघण्टा थियो तर साडे दुई घण्टाको जामले गर्दा अझ साडे दुई घण्टा थपियो ।

हामी त्यसपछि रामेछाप पुग्यौँ सबैजना धेरै उत्साहित थियौँ। हामी घर पुगेर  ठूलालाई ढोग्यौँ । म घर पुग्ने बित्तिकै मेरो माइलो भाइ लाई भेटेँ । उसको र मेरो जोडी धेरै मिल्थ्यो । मैले त्यो दिन फुटबल खेलेर बिताएँ अनि मोबाइल । हामीले धेरै आउटडोर गेमहरू खेल्यौँ । सबै दिनहरू मैले मेरो भाइसँग बिताउथेँ । म आफ्‍ना दिदीहरू सँग पनि खेल्थेँ । हामी सबैजना भुराभुरीहरू मिलेर राति-राति टिभी हेर्थ्यौँ । हामी जहिले एउटा एपमा छाेट भिडियाे  बनाउँथ्यौँ । म, मेरो माइलो भाइ र साइलो भाइ जहिले १० बजेसम्म बस्थ्यौँ । म र मेरो माइलो भाइ त सँगै नै सुत्थ्याैँ । एकदिन त्यहाँ एउटा कार्यक्रम भयो । जहाँ मेरो कान्छो भाइ, बहिनी र सबै दिदीहरूले भाग लिनुभएको थियो । मेरो कान्छो भाइ, बहिनी र दुवै दिदीहरूले नाचको प्रतिस्पर्धामा भाग लिएका थिए । जहाँ मेरो भाइ बहिनीले जोडीमा गरेका थिए र एउटा दिदीले पनि जोडीमा गर्नुभएको थियो र अरूले एक्लै गर्नुभएको थियो । मेरो भाइ बहिनी प्रतिस्पर्धामा दोस्रो भए र जोडीमा गर्नुभएको दिदी पहिलो भइस्यो। मेरो एउटा दिदीले गाउँ भरि को एसएलसीमा सबैभन्दा बढी नम्बरले ल्याएकाले मेरी दिदीले रू १००० पाउनुभयाे । त्यसको भोलिपल्ट हामीले त्यसरी नै दिन बितायौँ । हामीले टीकाको दिन घरमा पहिला टीका लगायौं। त्यसपछि हामी आफन्तकाेमा  गयौं। हामीले त्यहाँ भलिबल पनि खेल्यौं  । हामीले त्यहाँको हाम्रो साथीसँग पनि खेल्यौं ।

टीकाको भोलिपल्ट मेरा ठुलो बाबा,  ठूली आमा, काकु र दुइटा दिदीहरू  काठमाडौ ७ बजे फर्किनुभयाे । त्यसको भोलिपल्ट काकु भाइ र  आन्टी ७ बजे फर्केिनुभयाे । हाम्रो गाडी ६ बजे आउथ्यो  । त्यही भएर म ५ बजे उठेँ । मलाई काठमाडौँ फर्किन मन लागेको थिएन  । हुन पनि गाउँ निकै सुन्दर र रमाइलाे थियाे ।  हामी बसेको गाडीमा गाडीको चालकले चाडै लिएर आयो र म मन नभइकनै भारी मन लिएर काठमाडाैँ फर्केँ ।