Logo

Student Corner

मेरो रहर

Written by: Barun Kadariya - 29053, Grade VI

Posted on: 10 November, 2022

तिमीलाई भविष्यमा के बन्ने मन छ ?
याे प्रश्न मलाई सानैदेखि सबैबाट साेधिने गरिएकाे छ । 
यसको लागि हामीसँग धेरै उत्तरहरू  छन्  तर अन्तिममा एउटै उत्तर छानिन्छ । मानिसले भविष्यमा आफूले चाहेको केही पनि काम गर्न  हामीलाई भविष्यमा धेरे कामहरू  गर्न मन लागेको होला तर अन्तिममा १,२ ओटा मात्र काम गर्न सकिन्छ ।

मलाइलाई पनि भविष्यमा धेरै कामहरू गर्न मन छ । मेरा आफन्तहरूले पनि यो प्रश्न साेध्छन् । मलाई भविष्यमा के बन्न छ । मैले धेरै उत्तरहरू  दिन्छु। मैले कहिले शिक्षक भन्छु । कहिले इन्जिनियर,डाक्टर, व्यापारी, कलाकार, सङ्गीतकार, खेलाडी, राजनीतिज्ञ भनेर भन्छु । मेरो जवाफ जहिले फेरिरहन्छ । मलाई यी कामहरूभन्दा चित्र बनाउन असाध्यै मनपर्छ। उनै ठाउँबाट मलाई एक चित्रकार बन्न मन छ । चित्र बनाउन मन लाग्ने मेरो सबैभन्दा ठुलो रहर हो । चित्रकार बनेर मैले आफ्नो राष्ट्रलाई विश्वमा चिनाउन सक्छु । यसमा देशको र मेरो पनि फाइदा छ । मलाई कविताहरू  लेख्न पनि मन पर्छ । कविता लेख्ने कवि हो । म कविता लेख्ने कवि बनेँ भने पनि मैले आफ्नो राष्ट्रलाई विश्वमा चिनाउन सक्छु । नेपाली साहित्यलाई पनि विश्वभर चिनाउन सकिन्छ । मलाई एक साहित्यकार पनि बन्न मन छ किनभने नेपाली साहित्य लेखेर म  विश्वमा चिनिन मन छ । यो सबै तब मेरो दोस्रो काम पनि हुनसक्छ । मेरो पहिलो काम मेरो पहिलो पेसा भनेको डाक्टर, पाइलट ,इन्जिनियर किसान, वकिल, व्यापारी, आदि हुन सक्छन् । यी सबै कामहरूले समाज विकासमा पनि मद्दत गर्न सक्छ ।
तर मलाई यिनीहरू  पनि नछानी शिक्षक बन्न मन छ । शिक्षकभन्दा पनि धेरै मलाई एक वैज्ञानिक बन्नु मन छ किनभने मलाई अहिलेदेखि नै विज्ञान मनपर्छ र त्यसको बारेमा धेरै कुरा पनि थाहा छ । जे जसो भए पनि भविष्यमा मलाई जे बन्न छ । मैले त्यसको बारेमा अहिलेदेखि नै सोच्न थाल्छु ।

अहिलेदेखि नै मेहनत गर्‍याे  भने पछि सफल हुन सकिन्छ । मलाई आफ्नो कामबाट जम्मा देशको विकास गर्नुछ । त्योभन्दा पनि धेरै मलाई एक असल मानिस र एक असल नागरिक नै बन्नु  छ । असल नागरिक बन्नु नै मेराे ठुलाे रहर हाे ।