Logo

Student Corner

मेरी बहिनी

Written by: Aaradhya Prasai - 28001, Grade VII

Posted on: 09 November, 2022

मेरी प्यारी बहिनी
सानी र राम्री अनि ज्ञानी
हाँस्ने खेल्ने सँगै हामी
नाच्ने रमाउने भाग्यमानी

मेरी आमा पछि मेरी बहिनी 
घरमा सबैकी प्यारी
जता गए पनि हाँस्ने हँसाउने 
कतै रमाउन जानै नपर्ने

रुँदा मेरी साथ रुने 
हाँस्दा मेरो साथ हाँस्ने 
गाली पनि  सँगै खाने 
सुत्ने उठ्ने  सँगै हुने

माया धेरै गर्छु तिमीलाई 
छायाजस्तै बस्छु सँगै
मेरी प्यारी बहिनी 
बहिनी साथमा दिदी दङ्गै