Written by: Aarya Dhami - 27023, Grade VIII
Posted on: 08 November, 2022
मानिसका लागि वातावरण धेरै महत्त्वपूर्ण छ । वातावरणबिना मानवको जीवन सम्भव हुँदैन र वातावरणको विनाश भयो भने धेरै समस्याहरू आउँछन् । वातावरणको विनाश गर्ने धेरै कारणहरू छन् । ती कारणहरूमध्ये आणविक शक्ति वा आणविक बम एउटा कारण हो ।
आणविक शक्ति र आणविक बमका कारण पृथ्वीको हावापानी वा तापक्रम बढेको छ । यस बमले जलवायु परिवर्तन हुनुका साथै हरित गृहमा पनि असर पनि गरेकाे छ । मानिसहरू उद्याेग वा घर बनाउनका लागि जङगल वा बोटबिरुवा आदिकाे विनाश गर्छन । मानिसले बमहरूको प्रयोग गरी अरू देशका मानिसहरू मार्छन् । यी खतरनाक र हानिकारक बमको प्रयोगले प्रदूषण पनि बढेको छ । मानिसहरूले यी बमहरू वैज्ञानिकका लागि बनाएका थिए तर अरू मानिसहरूले ती बमलाई वातावरण र मानिसहरू मार्न प्रयोग गरे। हिरोसिमा र नागासाकी जस्ता ठाउँमा बमहरूले हजारौं मानिसहरूको मारे र प्रदूषण पनि बढायो। यी बमको प्रयोगका कारण वातावरणको विनाश सगसँगै प्रकृतिको विनाश पनि भयो ।
यस्ता बमहरूको राम्रो प्रयोग गर्नका लागि मानिसहरूलाई राम्ररी सूचना दिनुपर्छ । हामीले सबैलाई राम्ररी सूचना दिई यस्ता बमकाे कम प्रयोग गरी पृथिवीको रक्षा गर्नुपर्दछ । हामीले यस्ता बमको प्रयोग रोकेनौँ भने धेरै समस्याहरू आउन सक्छन् । त्यस्तै समस्यालाई छिटै नै रोक्नुपर्छ र आफ्नो घरलाई सुरक्षित गर्नुपर्छ ।