Logo

Student Corner

कहाँ छौ शान्ति तिमी?

Written by: Prasanna Dhungel - 28021, Grade VII

Posted on: 07 November, 2022

जहाँ हदैन शान्ति त्यहाँ हुदैन विकास 
शान्ति नभई हुँदैन है यो देशको विकास 
कहाँ छौ शान्ति तिमी? फर्केर आऊ नेपाल 
तिमी आयौ मात्र भने शान्त हुन्छ नेपाल ।

गौतम बुद्ध जन्मे यहाँ शान्ति ल्याउन भनी 
कयौँ वर्ष ध्यान गरे रुखको फेद मुनि 
कहाँ छौ शान्ति तिमी? फर्केर आउ नेपाल 
तिमी आयौ मात्र भने शान्त हुन्छ नेपाल

हरेक वर्ष हिँड्छन् मानिस यहाँ शान्ति ल्याउन
छिटो आऊ शान्ति तिमी देशलाई जोगाउन 
कहाँ छौ शान्ति तिमी? फर्केर आउ नेपाल 
तिमी आयौ मात्र भने शान्त हुन्छ नेपाल

नगरौँ है युद्ध, सबै मिली बसौँ 
हामी सबै मिली शान्तिको रचना रचौं 
कहाँ छौ शान्ति तिमी ? फर्केर आउ नेपाल 
तिमी आयौ मात्र भने शान्त हुन्छ नेपाल