Written by: Nishan Shrestha - 25008, Grade X
Posted on: 04 November, 2022
मरुभूमिमा हराएको यात्री हुँ म
मृत्युलाई कसरी टार्न सक्छु र
गिद्धको नजरमा परि सकेको म
मद्दत, यो सुकेको मुखले कसरी माग्न सक्छु र
आगोमा जलेर खरानी बन्ने कोइला हुँ म
आफूलाई पोलेको पीडा कसरी देखाउन सक्छु र
मेरो रङ कालो भएता पनि
म भित्र भएको सेतो पनलाई कसरी देखाउन सक्छु र
फुटाउन नसक्ने ढुङ्गा हुँ म
तर भित्र भित्र चर्केको कसले देख्न सक्छ र
मेरो रुप कडा भएता पनि
मेरो कमलो मन कसले हेर्न सक्छ र
चट्याङ हुँ म
आफ्नो मनलाई कसरी तर्साउन सक्छु र
अँध्यारोमा उज्यालो बनाउने म
मनमा लागेको झट्कालाई देखाउन सक्छु र
बगिरहने खोला हुँ म
कसैले रोकेर रोक्न सक्छु र
हात्ती हुँ म
कुकुर भुक्यो भन्दैमा पछाडि सर्न सक्छु र ..