Written by: Aarya Dhami - 27023, Grade VIII
Posted on: 31 October, 2022
किन भेदभाव गर्नु
नारी र पुरुषमा
चल्दैन संसार एकविना
मिलिजुली बस्नु आवश्यक छ
किन र आमाहरू पनि मानिस हैनन् र
उनीहरू नै हाेइनन् र हाम्रा सहारा ?
शिक्षा किन दिनुहुन्न
शिक्षा भनेको सबैले पाउने हाेइन र ?
के पाउला नारीलाई पिट्नेले
शान्ति छाउला र संसारमा ?
किन हटाउन नसक्ने
यो भेदभाव र हिंसा
सबै जना के मानिस हैनन्
सबैलाई समान व्यवहार गरेर
मिलिजुली बस्न सक्दैनौँ र ?
मिलीजुली बसौँ अब
हटाउँ है यो भेदभाव
गरौँ हामी सबै
हाम्राे देशलाई विकास ।