Logo

Student Corner

बुबा

Written by: Shreeda Risal - 29031, Grade VI

Posted on: 31 October, 2022


मेरो  सुखको लागि आफ्नो सुख बिर्सियौ
मेरो लागि ज्यानको बली दियौ
रातभरि पसिना खलखली बगायाै
आफ्नो दुख मेरो सुखको लागि लुकायाै

काममा रगत कति बग्यो होला
तिमीले म नआतिउ भनेर कति सह्याै हाेला
कोही कोही त आफ्नो सन्तानको लागि काम गर्छन् 
र त्यही सन्तान बिग्रेर हिँडछन्
मनमा भए पनि देखाउँदैनाै चाेट 
देखिन तिमिमा कुनै पनि खोट
जे भनेको मान्ने मान्छे 
मैले तिमी भेटेँ

म पैसाले धनी नभए पनि 
बाबाको मायाले धनी छु
गोजी खाली भए पनि नाइ नभन्ने मान्छे तिमी 
धेरै  माया दिने मान्छे तिमी
मेराे प्रेरणा तिमी
मेराे उज्यालाे भविष्य तिमी
तिमी नै मेराे भगवान 
किनकि बाबा
तिमी छाै बाबा धेरै महान