Logo

Student Corner

देश छाेडेर

Written by: Krishma Thapa - 27005, Grade VIII

Posted on: 19 October, 2022

छाडी आफ्नो देश
गए अन्तै
पैसा कमाउन भनेर
माया मारे पसे विदेश ।१।

कमाउला लाखौं हजारौं
सबै सुविधा पाउला
तर देशकाे माया किन्न सक्दैनाै 
पाइँदैन माया आफ्नाे देशमा झैँ
फरक छ त्यहाँ ।२।

गए भविष्य सजाउन
 जीवन सुध्रिन्छ कि भनेर
आफ्नाे देश झैँ कहाँ हुन्छ 
आफ्नाे भेष झैँ कहाँ सजिन्छ र ?
त्यो पराई देशमा।।३।।

नयाँ नयाँ मुख देखिन्छन्
फरक छ भाषा र भेष
छन् सबै कुरा नयाँ त्यहाँ 
चिनिँदैनन् कोही ।४।

माया दिँदैनन् आमाले झैँ
आमाबाट टाढा यहाँ
त्यो पराइ देश
नयाँ परिवेश
छ निकै अचम्मकाे ।५।

घर फर्कि आऊ बाबु
भनी रुन्छिन् आमा
आफ्नो सन्तानको मायाले
छटपटी र बैचैनमा ।६।

फर्की आऊ नेपाल
आफ्नो देश सजाउन
मात्रृभूमिलाइ माया गर्दै
नयाँ मार्ग बनाउन  ।७।