Written by: Prasanna Dhungel - 28021, Grade VII
Posted on: 18 October, 2022
पानीविना रहन्न जीवन,
पानी हो हाम्रो जीवन
सबैको तिर्खा मेटाउने
सबै प्राणीहरूलाई बचाउने
दुषित नगरौँ कसैले
पानी पिउनु छ हामीले
यो सफा पानीसँगै,
जिन्दगी बिताउनु छ हामीले ।
धेरै दुख गर्नु ,
पानीको लागि भनी
थोपा थोपा मिलेर समुद्र बन्छ,
त्येसैले हामी जोगाऊँ पानी
जलश्रोतकाे धनी हाम्रो देश,
जोगाऊँ पानीको मुहानलाई
हामी सबै नेपालीको,
सुखी जीवनको लागि