Logo

Student Corner

नजाउन विदेश

Written by: Aadhyashree Poudyal - 29060, Grade VI

Posted on: 17 October, 2022

 कसरी गरूँ र वर्णन आज मेराे याे स्वदेश
नजाउन तिमी पराइ बनी रमाउन विदेश
उत्तरमा पहाड शिरमा हिमाल टलल टल्किन्छ
संसारकै सुन्दर प्रकृति हाम्राे झलल झल्किन्छ ।
 
गराैँ न श्रम फुलाऔँ न फूल आफनै माटाेमा
बढ्ने छ देश अगाडि सधैँ विकासकाे बाटाेमा
लागन आजै पसिना झारी सिर्जना फुलाउन
नसाेच अब विदेशमा नै आफूलाई भुलाउन ।

तिमीले  गरे परिश्रम यहाँ सुन यही फल्दछ 
विश्वकाे सामु हाम्राे याे देश गाैरवले बल्दछ 
फर्केर आऊ परदेशी तिमी आमालाई हँसाउन
लाग्दैन बेर सपनाकाे वस्ती सुन्दर बनाउन ।