Written by: Sukriti Silwal - 27024, Grade VIII
Posted on: 14 October, 2022
आफ्नो निद्राको परवाह नगरी
मलाई हेर्न लाग्याै
रोएको बेला
सधै सहारा बनी
आँसु पुसिदियाै
आफू भोकै भए पनि
मलाई कहिल्यै भोकै सुत्न दिइनाै ।
पसिना र रक्त बगाएर
मेरो भविष्यको लागि
दिन रात मिहेनत गरी खट्याै ।
ए मेरी प्रिये आमा !
आहिले तिमीले बगाएको
पसिनाको भारा अवश्य तिर्ने छु
आफ्नो दुख लुकाएर
मेरो लागि हाँसेको
कहिल्यै बिर्सिन्न
अहिले जत्ति दुख गरेकी छौ
मेरो लागि
तिमी अशक्त र वृद्ध हुँदा
सधैँ तिम्राे छाया बन्नेछु
तिमीलाई साथ दिने छु
एउटा ठुलो मानिस बनी
तिम्रो मुहारमा
मिठो मुस्कान ल्याउने छु