Written by: Sanjay Puri - 23058, Grade XII
Posted on: 10 October, 2022
हरेक दिन छ पढाइको बोझ
दुनिया देख्छन् विद्यार्थीलाई मोज ।
हरेक दिन आउँछ आखामा आँसु
दुनिया देख्छ विद्यार्थीको हाँसो ।
हरेक दिन मुटु हुन्छ पिरले भारी
विद्यालयलाई चाहिन्छ विद्यार्थी आज्ञाकारी ।
हरेक दिन डरमा बाँच्नु परेको छ
दुनिया देख्छ जीवन खुसीले भरिएको छ ।
विद्यार्थीलाई हुन्छ चिन्ता भविष्यको
त्यही चिन्ताले गर्छ हानि मष्तिस्कको ।