Logo

Student Corner

छि छि

Written by: Krishma Thapa - 27005, Grade VIII

Posted on: 10 October, 2022

गरिन्छ  घ्रृणा ती मानिसलाई
बुझ्दैनाैँ महत्त्व  हामी
जति शिक्षा लिए पनि
देखाउँदैनाै मानवता ।१।।

बुझ्दैनाैँ अर्काको भावना हामी
 जहिल्यै छ आफ्नो
भन्छौं नानाथरि  हामी
दुखाई चित्त अरूको ।।२।।

बच्चाहरूलाई डराउँछाैँ
 नाम  लिई उनीहरूको
  के तिनीहरू मानव होइनन्
हुन त हामी जस्तै ।।३।।

गर्छौं  छि छि नजिक आउँदा
बिगार्छाैँ हामी  मुख
गर्छाै घृणा हामी
भन्छौं  फेरि हामी ।।४।।

सोच्दैनौँ  तिनीहरूको भावनाबारे
   कहाँ  छ र मानवता
एउटै होइनाैँ  र हामी
 घ्रृणा के को लागि ।।५।।

छुट्टाउनु पर्छ  यो सोच
देखाऊँ मानवता
छ रातो रगत  सबैकाे
घृणा के को लागि ।।६।।