Written by: Sashwat Paudel - 23038, Grade XII
Posted on: 06 September, 2022
मेरो लागि जीवनमा
हार र जित, दुवै समान छन् ।
जित विजय प्राप्त गर्नु
विजय केवल एउटा भ्रम मात्र हो ।
यसले केवल क्षणिक खुसी दिलाउँछ,
जितले हर्ष र आनन्द प्रदान गर्छ ।
तर त्यस सँगसँगै अल्छी भएर बस्न सिकाउँछ,
तर, जितले मात्तिन सिकाउँछ ।
हार पराजित हुनु,
पराजित हुने भनेको मेरो लागि उपहारसरह हो ।
हार नै नभए जित्नुको के उद्देश्य ?
हारले हामीलाई भुइँतिर लडाउँछ,
तर लडेको बेला कसरी उठ्ने भनेर पनि सिकाउँछ ।
हारले जित प्राप्त गर्नका लागि तयार गर्छ,
हारले जीवनमा महत्त्वपूर्ण पाठ सिकाउँछ ।
तर, मेरो लागि
जित भनेको विजयी हुनु कदापी हाेइन ।
मेरो लागि जित्नु भनेको प्रतियोगितामा
प्रथम भेनर घोषित हुनु हाेइन ।
प्रमाणपत्र र पदक पाउने मेरो सोच पनि छैन ।
मेरो लागि जित्नु / विजयी हुनु भनेको,
ती प्रतियोगिताबाट अनुभव बटुलेर,
पहिलेभन्दा राम्रो बन्नु हो ।
पहिलेभन्दा योग्य, पहिलेभन्दा सक्षम बन्नु हो
हिजोभन्दा अझै कुशल हुने
सुनौलो मौका पाउनु हो ।
त्यसैले मेरो जीवनमा
हार र जित दुवै समान छन् ।