Written by: Prathana Kshetri - 29021, Grade VI
Posted on: 06 September, 2022
धर्ती हाे हाम्राे एउटा घर
धर्ती सफा गर्ने गराैँ रहर
माटाे पानी सबै यता हुन्छ
अन्नहरू छन् यही सबै पूर्ण ।
सफा र हरियाली यहाँ राख्नुपर्छ
फाेहाेर पार्नु कहिल्यै नि हुन्न
धर्तीला माया धेरै गर्ने गर
खुसीयाली जीवनभरि भर ।
पहिलाे जननी तिमी नै त हाे नि
तिमीबिना छैन कसैकाे जीवनी
माया छ तिम्राे पहाडकाे उचाइ
आँसु तिम्रै हाे समुद्री गहिराइ ।
कपासजस्ताे छ त्याे बादल झैँ
मसिना छन् ती पहाडका घाँस
हात्ती कमिला तिमीले बनायाै
सारा संसार तिमीले बसायाै ।
धर्ती हाे हाम्राे एउटा घर
धर्ती सफा गर्ने मनमा रहर ।