Logo

Student Corner

पुस्तककाे महत्त्व

Written by: Rushav Paneru - 28018, Grade VII

Posted on: 01 September, 2022

(राम किताब पढिरहेको हुन्छ । त्यति बेला उसकाे भाइ आउँछ र रामले आफ्नो भाइ‍लाई  किताबको महत्त्व भन्न थाल्छ)

राम: भाइ, साथीहरूसँग खेलेर आयाै ? मज्जा आयो होला होइन ?

समीर: हजुर दाइ, खेलेर आएँ। तपाइ चाहिँ के गरिरहनुभएको ?

राम: म एउटा किताब पढेको समीर ।

समीर: किताब ! किन नि ? भाइसँग आएर खेल्नु छैन, किताब पो पढेर बसिरहेको छ। के छ र किताबमा त्यस्तो रोचक ? साचै भन्ने हो भने त, मलाई किताब पटक्कै मन पर्दैन ।

राम: (रिसाउँदै) धत् ! त्यस्तो भन्न हुँदैन भाइ । पुस्तकहरूले विद्यार्थीको जीवनमा धेरै ठुलो भूमिका खेल्छ। पुस्तकले हरेक विदयार्थीलाई कल्पनाको संसारमा परिचय दिएर, बाहिरी संसारको ज्ञान दिएर, विद्यार्थीको सिर्जनात्मक क्षमताकाे  विकास गर्नुका साथै उनीहरूको सिप विकास गर्नका लागि मदत गर्छ।

समीर: (उत्सुक हुँदै) ओहो किताबहरू त धेरै महत्त्वपुर्ण पाे  हुँदारहेछ त । अरू के के गर्छ त, किताबले एउटा विद्यार्थीको जीवनमा?

राम: ओहो तिमीलाई त किताबको बारेमा धेरै जिज्ञासु भएर आयो त !

समीर: अ धेरै रुचिलाग्दो कुरा गर्नु भयो त्यसैले ।

राम: ल सुन, त्यसो भए। किताबहरू ज्ञानले भरिएका हुन्छन, किताबले विद्यार्थीहरूलाई  मात्र होइन सबैलाई  विद्या दिन्छ। किताबले जीवनको पाठ दिन्छ, किताबले मानिसलाइ प्रेम, कठिनाइहरू, डर, र धेरै कुराहरूको बारेमा सिकाउँछ। किताबहरू प्राचीनकालदेखि आएको हो । पहिलो छापिएको पुस्तक गुटेनबर्ग बाइबल वा ४२-लाइन बाइबल थियो जुन जोहानेस गुटेनबर्ग द्वारा लेखिएको थियो। यो पुस्तक वा किताब १४४० मा छापिएको थियो।

समीर: (छक्क पर्दै) आबुइ त्यति पहिला किताब छापिएको ! कति रुचि लाग्दो कुरा, मेरो त होस उड्यो ! सोच्न पनि सक्दिन, त्यति पहिला १४४० मा किताब छापिएको!

राम: (हास्दैँ) हाहा……. तिमी बोलेको देखेर मलाई  आखाबाट आँसु निस्किने गरी हाँस् उट्यो। (समीर जस्तो बोल्दैँ) “आबुइ त्यति पहिला किताब छापिएको! कति रुचि लाग्दो कुरा, मेरो त होस उड्यो!’”। हाहा…… ल बल्ल हाँसो गयो। कस्तो लाग्यो त? किताब? एउटा मानिसको जीवनमा कति महत्त्व हुँदोरहेछ थाहा पायौ? तिमीलाई  इलन मस्क त थाहा नै होला। उहाँ  पनि किताब पढेर नै राम्राे उपलब्धि हासिल गर्न सक्नुभएको हो।

समीर: अ…..किताबको महत्त्व धेरै हुँदोरहेछ।

राम: भाइ ल, अब हामी खाना खान जाऊँ । त्यसपछि गफ गरौँला।

समीर: हुन्छ दाइ ।

(दुबै जना खाना खान जान्छन्, र खाए पछि गएर सुत्छन्)