Logo

Student Corner

उपन्यास छाउघरमा पाठक प्रतिक्रिया

Written by: Shreeya Sitaula - 2021020, Grade X

Posted on: 04 February, 2020

 राज सरगमद्वारा लिखित उपन्यास छाउघर सामाजिक विषयवस्तुमा आधारित भएर लेखिएकाे उपन्यास हाे ।  उपन्यासमा छाउपडी प्रथा बारे लेखिएकाे छ । छाउपडी प्रथाले नेपाल ग्रस्त छ । विशेष गरी नेपालकाे सुदूरपश्चिम यस प्रथाकाे सिकार बनेकाे छ । उपन्यासमा सरगमले एउटी बाह्र वर्षीय बालिकामा उमेरले ल्याएकाे मानसिक, शारीरिक परिवर्तनका  साथै छाउपडीले ल्याएकाे मानसिक चिन्तालाई प्रस्तुत गर्दै त्यसका विरुद्धमा आवाज उठाएकाे प्रसङ्गलाई कथ्यकाे रुपमा समेटेकाे छ । 

सर्वप्रथम यस उपन्यासले छाउपडी जस्ताे कुप्रथालाई उठान गरेकाले नै म यस उपन्यासप्रति आकर्षित भएकी हुँ । मेराे विचारमा परिवर्तन भनेकाे नै साेचमा हुनुपर्छ । अध्ययनले नै मानसिक चेतनामा परिवर्तन ल्याउन सक्छ ।