Logo

Student Corner

साथी

Written by: Mansi Singh - 27008, Grade VIII

Posted on: 31 August, 2022

 साथी यिनीहरू हाम्रा सहर हुन् 
यिनीहरू हाम्रा रहर हुन् 
यिनीहरूले जहिले साथ दिएका छन् 
सधैँ हामीलाई सहयोग गर्छन 
यिनीहरू दुखमा पनि साथ दिन्छन् ।

उनीहरू धेरै राम्रा छन् 
साथीकाहीँ रिसाउँछन् पनि
कहिले हलचल मच्चाउँछन् 
राम्रो साथीले भनेको कुरा मान्छन् 
कहिलेकाहीँ  एकअर्कालाई  कुट्छन् ।

साथीहरू रुन्छन् पनि 
साथीले भनेको राम्रो कुरा सिकाउनु
राम्रो काम पनि गराउने 
नराम्रो काम पनि सिकाउने
काेही साथी खराब हुन्छन् 
अनि काेही असल पनि  ।

हरेक पल काम गर्न साथीकै साथ चाहिने
सङ्गतले नै जीवन स्वर्ग वा नर्क बन्ने
साथ लिऊँ साथ दिऊँ सुख अनि दुखमा
असलकाे नै सङ्गत गराैँ धाेका नखाऔँ जीवनमा ।