Logo

Student Corner

तीज

Written by: Pradnesh Singh Basnet - 27015, Grade VIII

Posted on: 29 August, 2022

चैत्र वैशाखको हुरी हट्याे
असार, श्रावणको वर्ष सुरु भई
हरियाली तीज लाग्यो हाम्रा
सबै आमा, दिदी बहिनीलाई ।

जता जाऊ उतै देख्छु
सबै हरियो र रातो
दिदी बहिनीहरू छमछम
नाचेको देख्दा लाग्दछ मनमा आनन्द ।

आजभोलिको तीज
ठुला साना सबैले
व्रत बसी पूजाआजा गरी
मनाउने गर्छन ।

सबैजना मन्दिर गई
नाच्छन् छमछम
त्यो सबै हेर्नको लागि
लाग्छ मलाई मन ।