Written by: Aarnav Dahal - 24005, Grade XI
Posted on: 24 August, 2022
म हुँ एक सिपाही
गर्छु म देशको रक्षा कसैसँग नडराई
चाहन्न म कुनै पनि लडाइँ
तर पऱ्यो भने हराउँछु दुस्मनलाई ।
नागरिककाे रक्षा गर्नु हो मेरो काम
त्यसैले चाहिन्न मलाई धेरै दाम
सूर्यले धर्तीमा छरेसम्म घाम
तबसम्म सबै रहन सक्छन् आराम ।
गर्छु म तालिम दिन प्रतिदिन
ताकि सबै रहून् कष्टविना
देख्न चाहन्न मानिसबिच एक अर्काको लागि घिन
हे भगवान् !
कहिले आउला यो घिन हराउने दिन ।
चाहन्छु कि मेरो देशमा होस् शान्ति
कहिले गर्नु नपरोस् क्रान्ति ।
चाहे समय होस् सहज वा राती
मेराे शरीरमा रहुन्जेल शक्ति
म सधैँ गर्छु आफ्नो देशको भक्ति ।