Logo

Student Corner

हनुमान ढोका दरबार स्क्वायर

Written by: Kabya Oli - 29014, Grade VI

Posted on: 23 August, 2022

हनुमान ढोका दरबार स्क्वायर काठमाडौँको  पुरानो दरबार हो ।  यो दरबारमा पहिलापहिला मल्ल र शाह राजाहरू बस्दथे । त्यतिबेलाको सबै शासन व्यवस्था यहीबाट हुन्थ्यो । यहाँ हनुमानको मूर्ति सहितको ढोका छ । हनुमान ढोका दरबार स्क्वायरको  नाम हनुमानको मूर्ति भएकाले राखिएको हो । यो दरबार स्क्वायरका भवनहरू २०७२ को भुइचालोले क्षतिग्रस्त भएको थिए तर यसको  पुर्ननिर्माण लगभग सकिएको छ ।
हनुमान ढोका दरबार स्क्वायर इस्वी स्ंवत् १६७२  स्थापना भएको हो । काठमाडाैँका राजा प्रताप मल्लको पालामा यो दरबारको मुख्य भाग निर्माण भएको हो तर विभिन्न राजाहरूको पालामा चोकहरू र भवनहरू थप हुँदै गएर आजको आकार हुन गएको हो । यहाँ हनुमानढोका  दरबार सङ्ग्रहालय पनि छ ।  
यहाँ  नसलचोक,  मुलचोक, मोहनचोक जस्ता चोकहरू पनि छन् ।
हनुमानढोका दरबार स्क्वायरको महत्त्वपूर्ण कुरा के हो त ? यो दरबारको महत्वपूर्ण कुरा  भनेको हिन्दुधर्मको इतिहास र संस्कृति   चलाउन यसको धेरै  महत्वपूर्ण भूमिका रहेकाे छ ।
काठमाडौँमा  ७ वटा सम्पदाहरू युनेस्कोको विश्वसम्पदा  सुचीमा रहेका छन् ।  हनुमानढोका दरबार स्क्वायर तीमध्ये एक सम्पदा हो । यहाँ  धेरै पर्यटकहरू आउँछन,  किनभने हनुमान ढोका दरबार स्क्वायर हिन्दुधर्मको संस्कार र संस्कृतिमा  धेरै धनी छ र यसमा रहेका भवनहरूको निर्माण निकै कलात्मक तरिकाले बनाइएको छ । त्यस्तै ती भवनहरूमा कलात्मक मूर्तिहरू राखिएका छन् । काष्ठ कलाको लागि यो दरबार निकै प्रसिद्ध छ ।  १९४३ वि सं  सम्म यहाँको दरबारमा राजपरिवार बस्ने गर्दथे तर त्यसपछि राजाहरू  नारायणहिटी सरेका  थिए ।
अहिले यो ठाउँ  विभिन्न चाडपर्वहरू, जमघट, सामाजिक सम्मेलन, क्रार्यक्रमहरू मनाउन पनि प्रयोग गरिन्छ । त्यसैले यो दरबार हामी सबैको साझा सम्पत्ति हो ।