Written by: saki shrestha - 23051, Grade XII
Posted on: 19 August, 2022
जिन्दगी शून्यताबाट बिउँझेर
शून्यतामा हराउँछ,
मानिस बाचुन्जेल जीवनमा
विभिन्न चित्र कोर्दछ,
साचाे यही हाे
सबैले धर्ती छाेड्दछ ।
अमूल्य छ जीवन
बनाउ यसलाई सार्थक
पाइँन्न यस्तो अमूल्य जीवन
सजाउ यसलाई गरेर अमूल्य काम ।
गरौँ उपकारी काम
नाम राखौँ संसारमा
आखिर एक दिन
बिलाउनु छ शून्यतामा ।
गरेर राम्रो काम फैलाऊ कृति
अमर भई नाम राख संसारमा
गरून् याद मानिसले सदासदा
फैलियाेस् नाम गरेर राम्राे काम ।।