Logo

Student Corner

अन्धविश्वास

Written by: Pratik Dangol - 27009, Grade VIII

Posted on: 19 August, 2022

यो समाजमा धेरै अन्धविस्वासहरू अझै पनि जीवित रहेका छन् । यी अन्धविश्वासहरूले समाजलाई अगाडि बढ्न मात्र नरोकी बाल बालिकाहरूको मस्तिष्कमा नराम्रो असर पारेका छन् ।

यस्तै समाजमा हरि नामको बालकको जन्म भयो। ऊ बुबा कृष्ण बहादुर श्रेष्ठ र आमा मिनु श्रेष्ठको एक्लो छोरो थियो । एक्लो छोरो हुनाले उसलाई सबैले माया गर्थे । आफ्नो छोरालाई आफूभन्दा टाढा जान दिन्नथे सधैँ आफू नजिकै राख्थे। उसँग हरेक समय कोही न कोही रहन्थ्यो नै ।

उसलाई केही सानो बिरामी ज्वरो खोकी आए पनि आमा बुबाले उसलाई धामी झाक्री कहाँ लगिहाल्थे। ज्वरो खोकी हुनाले धामी झाँक्रीले अनेक छल गरे पनि हरि र उसका माता पितालाई धामी झाँक्रीले नै गरेर ठिक भएको भनेर ठान्थे । आमा बुबा अरू धेरै अन्धविश्वासहरूलाइ मान्थे । आफ्ना आमा बुबालाई देखेर हरि पनि धरै अन्धविश्वासी भइसकेको थियो ।

त्यो धामी झाक्री जहाँ तिनीहरू सधै जान्थे त्यसले सधैँ केही धुप बाली मन्त्र भन्थ्यो र नाग, पिशाच आदि लागेको भन्थ्यो । एक दिन हरिका हजुरबुबा साह्रै बिरामी भएर  उनलाई  त्यो धामी कहाँ लागियो तर त्यसपछि नि केही भएन । कृष्ण र मिनुले एकपटक लगेर असर भएन होला भनेर उनीहरूले उहाँले धामी कहाँ एकै हप्तामा तीन चार पटक लगे । तीन चार पटक लग्दा पनि केही राम्रो प्रभाव नपरेर उनकाे स्वास्थ्य झन् बिग्रँदै गयो ।

सहरमा बस्नाले उनकाे सहरमा धेरै आफन्त थिएनन्  तर उनका धेरै छिमेकीहरूले उहाँलाई अस्पताल लग्न सुझाव दिए तर उनका आफन्तहरूले उनलाई  अरू राम्रो धामी कहाँ लग्न सुझाव दिए। हरिका आमाबुबाले आफन्तको कुरा सुने र अरू धेरै धामीहरूकहाँ लगे। तर उनकाे स्वास्थ्यमा केही असर परेन उल्टै एक रात उनलाई  धेरै गाह्राे भयो। हरि र उसका आमाबुबा धामीकहाँ बुबाला लिएर कुदे तर त्यहाँ उनकाे मृत्यु भयो ।अझै पनि उनीहरूले बुझ्न सकेनन कि धामी झाक्री पिशाच नाग लाग्नु सबै अन्धविश्वास हुन्। यसरी नै उनकाे जीवन चलिरहेको थियो हरि विद्यालयमा कक्षा चारमा पुग्यो । उसकाे सामाजिककक्षामा गुरुले उसलाई अन्धविश्वासबारे पढाउनुभयो। हरि माथि त्यसको धेरै सकारात्मक प्रभाव पर्‍याे। त्यस दिनदेखि उसले कहिले अन्धविश्वासलाई पछ्याएन र आफ्ना आमाबुबालाई नि सम्झाउथ्यो।

फेरि एक दिन आमा बिरामी हुनुभयो। बुबाले पहिले झै गल्ती गर्नुभयो धेरै ओटा धामी झाँक्रीकोमा लगे   तर आमाको हालत खराब हुँदै गयो। त्यसपछि हरिले आफैँले अस्पताल लग्याे  र जचाएर औषधी ल्याई आमालाई समय दिन थाल्यो अनि केही दिनपछि आमाको स्वास्थ्यमा  सुधार भयाे ।

अर्को दिन पत्रिकामा सधैँ जाने धामी झाँक्री पक्राउ भएको र त्यसकाे असली कामबारे खबर आयो । त्यसपछि आमा बुबाले आफ्नो गल्तीको पश्चाताप गरे ।  अनि अन्धविश्वास गर्न छोडे र अरूलाई पनि नगर्न सुझाव  दिए र त्यसका बेफाइदा बारेमा  सबैलाई  भन्न थाले ।