Logo

Student Corner

आकाश

Written by: Subhaya Shrestha - 29035, Grade VI

Posted on: 19 August, 2022

यही  आकाशमा छन् सबै कुरा,
तारादेखि सूर्य चम्किला।
काला र सेता बादलहरू,
बनाउँछन् धेरै बाढी र पहिराे,
चन्द्रमा र ताराहरू,
बनाउँछन् पुरै आकाश चम्किला ।
सुत्छाैँ आकाश हेरी,
निलो आकाश, सेतो र कालो बादल,
पानी पार्छ ल्याउँछ हलचल
राति चाहिँ आकाश कालो,
साँझमा आकाश पहेँलो।
दिनभरि आकाश निलो,
सबैलाई आकाश मन पर्‍यो ।
बादल आकाश भरि हुन्छ,
बिहान देखि रातिसम्म।
यही हो आकाश मलाई शान्ति दिने,
यही आकाशमा चित्र लुकिरहने।
तारा र बादलले बनाउने चित्र,
आकाशसँग कुरा गरिहन्छु ऊ नै मेरो मित्र ।
बादल झैँ चली रहन सकूँ,
यही हाे आकाश हाम्रो पूर्ण चित्र,
यही हाे आकाश हाम्रो पूर्ण चित्र ।।