Logo

Student Corner

यार्चा उपन्यासबाट प्राप्त सन्देश

Written by: Aakanchhya Khadka - 27001, Grade VIII

Posted on: 17 August, 2022

२०७९ को वैशाख महिनामा दिइएको नेपाली भाषा मासिक पुस्तक यार्चा भन्ने उपन्यास अनन्त वाग्लेद्वारा रचिएको थियाे । यसको चित्रण  भने कृष्णगोपाल  श्रेष्ठद्वारा गरिएको हो । यो लोककथा हिमाली भेगका बासिन्दाहरूको जन जीवनमा आधारित एक कथा  हो  । यस कथाको प्रमुख पात्र भने मोतीशिला रहेकी छिन् । कथा भने माेतीशिला र उनको परिवारको  गाउँदेखि पाटन,पाटनमा भएका घटनाहरू, घर फर्किने अवस्था बारे रचिएको छ । नेपालमा धेरै जडीबुटीहरू पाइने गरिन्छ । जडीबुटीहरूद्वारा धेरै रोगहरूको औषधि साथै त्यस्तामा उपचार पनि गर्न सकिन्छ । यस कारणले गर्दा बुटीहरू धेरै बहुमूल्य हुने गर्दछन् । नेपालको हिमाली तथा पहाडी भेगमा भने धेरै प्रकारका जडीबुटीहरू पाइने गरिन्छ ।  पाँचऔले, ठुलो ओखती, चिराइतो ,लालीगुराँस जरिबुटीहरूका केही उदाहरण हुन । तीमध्ये पनि लेकमा पाइने यार्सागुम्बाको जडीबुटीकाे त बजारमा ठुलो भाउ  छ । यसलाई यार्चागुम्बा, यार्सागुम्बा, ढुसी कीरो, झार किरो वनस्पति जोशीले किरो,बुटि,जीवनबुटी, किरा आदि नामले समेत चिन्न सकिन्छ। हिमाली भेगमा एक विशेष थरिको एक पुतली पाइने गरिन्छ। जब यस विशेष किसिमको पुतलीले जाडोयाममा फुल पाने गर्दछ। त्यस फुलबाट लार्बा निक्लिने गर्दछ। अरू पुतलीका लार्भा जसरी  हुर्किन्छन् त्यसरी नै लार्भा पनि खानाको खोजीमा भौँतारिने गर्छ । तर जाडोयाममा लेकमा धेरै झारपात नहुने भएका कारण यसलाई लार्भाको  जिउमा ढुसी लाग्ने गर्दछ । त्यस ढुसीका कारण लार्भा हुर्कन पाउँदैन । बिस्तारै चिसो बढ्दै गएपछि लार्बा त्यहीँ जम्ने गर्छ । पछि जब बसन्त सुरु हुने गर्छ त्यो लार्भाबाट बोट उम्रने गर्छ । हाे त्यही नै यार्सागुम्बा बन्न पुग्छ। यो लेकमा मात्र पाइने भएका कारणले गर्दा प्राप्त गर्नलाई धेरै कठिन भएका कारण र धेरैऔषधिमा चाहिने भएका कारणले यार्सा जडीबुटीकाे बजार भाउ धेरै ठुलो छ। त्यसैले त धेरै जस्तो हिमाली भेग र पहाडका भेगमा बस्ने मानिसहररू जाडोयामको अन्त्यपछि  यार्सागुम्बा टिप्न जाने गर्दछन् । धेरैजसो नेपालको कर्णाली प्रदेशका बासिन्दाहरूको जन जीवन चलाउने ठुलाे स्रोत नै यार्सा हो। काठमाडौँबाट ७,८ सय किलाे मिटर टाढा रहेको कर्णाली क्षेत्रका मानिसहरूको जीवन चलाउने आधारलाई यस कथाले छर्लङ्ग देखाएको छ। लेकमा जाँदा सास फेर्न गाह्रो हुने, रिङ्गटा लाग्ने जस्ता यार्चा टिप्न जाने मानिसको पीडाहरू पनि यस कथामा राम्रोसँग प्रस्तुत गरिएको छ । यस कथाले केही प्राप्त गर्नका लागि पनि कठोर परिश्रम गर्नुपर्छ, यार्सागुम्बा टिप्न जाने मानिसहरूको मिहिनेतद्वारा सिकाएको छ । यसैगरी यार्चाले मोतीलाई  भनेजस्तै हाम्रो देश नेपालमा धेरै प्रकारका जडीबुटी पाउने गरिन्छ । यस्ता जडीबुटीहरू मानिसहरूको रोग निको पार्न अत्यन्त आवश्यक हुन्छ । यसद्वारा हाम्रो देशले धेरै प्रगति गर्न सक्छ तर अफसोस हाम्रो देशमा यस्तो बहुमूल्य जडिबुटीहरूको सदुपयोग गर्नका लागि कुनै कार्यहरूको सञ्चालन भएको छैन । मानिसहरूले जडीबुटीको महत्त्व बुझेका छैनन् । हामीले हाम्रो देशमा पाइने जडीबुटीहरूको सदुपयोग गर्नुपर्छ, यसलाई यत्तिकै खेर जान दिनुहुँदैन  भन्ने सन्देश यार्चाबाट पाउँन सक्छौँ । जसरी मोती पहिलेभन्दा धेरै यार्चा टिपेर आफ्नो परिवारलाई सहयोग गर्छु भन्ने मनोवृत्तिका साथ पाटनमा आएकी थिइ, तर भाइ बिमारी भएका कारण त्यसो हुन सकेन रित्तो हात फर्किने अवस्था भयो । यस घटनाद्वारा जीवन सोचेजस्तो हुँदैन भन्ने कुरा जान्न सक्छौँ । यस कथाले काठमाडौँ ,पोखरा,चितवनजस्ता विकसित ठाउँ बाहिरका मानिसहरूको समस्या बुझ्न जरुरी छ । हाम्रो देश नेपालको धेरै भागहरूमा विकासका कार्य हुन सकेको छैन । धेरै ठाउँहरू अहिले पनि अविकसित नै छन्। त्यहाँ बस्ने मानिसहरूको जीविकामा केही बदलाव आएको छैन । बिरामी  परेको बेला उपचार गर्न जाने ठाउँ पनि छैन । बढ्दो समयसँग बढ्दै गएको महङ्गीलाई धान्न सक्ने क्षमता छैन । रोजगारका धेरै अवसरहरू नभएर कति मानिसहरू आफ्नो मातृभूमि छोडेर खाडीमा काम गर्न पनि गइरहेका छन् । हामीले त्यस्ता ठाउँहरूलाई विकसित बनाउन धेरै नै जरुरी छ । त्यहाँ बस्ने मानिसहरूको जीविकालाई  उच्च स्थानमा लैजाने प्रयत्न गर्नुपर्छ। यस्ता राम्रा सन्देशहरू यो कथाले हामीमाझ बाँडेको छ। यो कथा धेरै नै रमाइलो दुःख ,सुख, हाँसो सबैको मिश्रण भएको साथै बालबालिकाहरूका लागि पनि धेरै राम्रो ज्ञान ,सन्देशहरू बाँड्ने भएका कारण म सबैमाझ यो किताब पढ्नका लागि प्रोत्साहन गर्न चाहन्छु। म जस्तै अरू मानिसहरूले पनि यस कथालाई पढेर नयाँ कुरा सिक्न सकून् भन्ने आशा गर्दछु ।