Logo

Student Corner

काेटेश्वर महादेवथान

Written by: Suvani Karki - 29055, Grade VI

Posted on: 17 August, 2022

हाम्रो देश नेपालमा धेरै मानिसहरूले हिन्दु धर्म मान्दछन् ।  नेपालमा ८१.३ प्रतिशत मानिसहरू हिन्दु धर्म मान्छन् । १० वर्ष अगाडि नेपाल एक मात्र देश हिन्दु देश थियो । 
 तसर्थ यहाँ धेरै हिन्दुकै मन्दिरहरू छन् । त्यसमध्ये महादेवस्थान पर्दछ । यो मन्दिर कोटेश्वर सेती मार्गमा छ । यस मन्दिरमा २० वटा मन्दिर छन् । ५ वटा पिपलको रुख पनि छन्  । यस मन्दिर यस भित्र  रहेको पवित्रताकाे कारणले  चर्चित छ । भनिन्छ यस मन्दिरमा शिवको आर्शिवाद छ । यस मन्दिरमा हरेक शनिवार आरती हुने गदर्छ । त्यसकारण शनिवार यहाँ निकै भिड हुने गर्दछ । नजिकै एउटा पार्क पनि छ । दुइटै ठाउँ सफा छन् । यहाँ धेरै मजा गर्न  सकिन्छ । यस मन्दिरमा धेरै आस्था जोडिएको छ । यही आस्थाले यहाँ शान्त माहोल रहेको हुन्छ । यस मन्दिरमा पूजा,व्रतवन्ध,गुन्यु चोली अन्य कार्यक्रम पनि हुन्छन्  । 

 यो मन्दिर सानो भए पनि धेरै  सुन्दर छ । तीज र शिवरात्रीमा त झन् यहाँकाे माहाेल नै बेग्लै किसिमकाे हुन्छ ।  । म तपाईँहरूलाई पनि  एकपटक त्यस मन्दिरमा जान आग्रह गर्दछु ।