Logo

Student Corner

लक्ष्य

Written by: Prasiddhi Dangol - 28009, Grade VII

Posted on: 16 August, 2022

भविष्यमा केही काम गर्नु नै पर्छ
त्यसैले बनाउनुपर्छ आफ्नाे लक्ष्य
१००वटा लक्ष्य भएर कहिल्यै सफल भइँदैन
मन चञ्चल रहे भविष्य सुन्दर बन्दैन।

सबै भित्र केही न केही सिप हुन्छ
त्यसपछि निकाल्न जान्न पर्छ
प्रतिभा लुकाए ठुलो बनिँदैन
मन पर्ने कुरा नगरे खुसी मिल्दैन ।

कोही नाच्न जान्दछन्  भने कोही गाउन
सानो ठुलो कम कुनै पनि हुँदैन
असम्भव केही पनि हुँदैन
त्यसो सोचे केही बनिदैन

मनदेखि आउनुपर्छ प्रतिभा
अनि पो बल्दछ अन्धकारमा दिवा
सिप सिके सबै कुरा छ सम्भव
असम्भव मै  सम्भव छ ।