Logo

Student Corner

मेरो देश नेपाल

Written by: Aayush Subedi - 27003, Grade VIII

Posted on: 15 August, 2022

अति राम्रो मेरो देश नेपाल
सुन्दरताले भरपुर 
घुम्न मिल्ने ठाउँ छ, 
नाच्ने गाउने रहर छ
हाम्रो देश नेपालमा ।

हिमाल,पहाड र तराई 
कोही छैन पराई
एकआपसमा सद्भाव राखी 
रमाउँछन् मिलिजुली  ।

छन् सजिएका वनजङ्गल नदीनाला
हिम श्रृङखलाका लगाई माला
सर्वोच्च शिखर सगरमाथा 
सुनाउँछ हाम्रो गर्वको गाथा

मठमन्दिर चर्च  गुम्बा र मस्जिद 
सबै अटाउँछन् नेपाली  हृदय माथि 
धर्म निरपेक्ष देश हो हाम्रो 
मान्दछौँ हामी सबै धर्म र पर्व

विभिन्न जाति विभिन्न भेष
राम्रो छ हाम्रो संस्कार विशेष
भाइचारा अद्भुत राम्रो
मिलेर बस्छन् सबै अशेष