Written by: Sarjan Waiba Tamang - 24034, Grade XI
Posted on: 10 August, 2022
रङ्गिएको थियो मेरो जीवन
हाँसो र खुसी थियो हरेक दिन,
सप्तरङ्गी इन्देणीले ल्याएको खुसी,
एक एक पल यादमा सङ्गाली
म बाँचिरहेछु जीवन ।
जीवनमा खुसी थियो। डर थिएन
उत्साह र उमङ्गले भरिन्थ्यो हरेक दिन,
बिलाएर गए ती खुसीका पल
चिसो र एक्लोपनको भावनामा सीमित भए ।
त्यो रङ्गिएको आकाशले
नीलो आकाश कहिले देखाएन,
जब दुःखी थिएँ तब कालो बादल मडारियो
कालो बादल मेरो साथी भएछ ।
सप्तरङ्गी भएछ आकाश
पलाए उमङ्ग जोड तोडले,
अनौठो रहेछ रूपरङ्ग
आगमन अनौठो फेरियो ।
बादलको साथ छ तिमीसित
बोलाइदेऊ संसार उडाउने बतासलाई,
ल्याइदेऊ अधैर्य मनलाई
सम्हाली देऊ मेरो तनलाई ।