Logo

Student Corner

वनजङ्गल संरक्षण

Written by: Prasiddha Shrestha - 28008, Grade VII

Posted on: 10 August, 2022

(राम र श्याम मिल्ने साथी हुन् । उनीहरू विद्यालय जाने क्रममा बाटाेमा एकजनाले रुख काटेकाे देख्छन् । त्यसपछि उनीहरूका बिचमा वनजङ्गलकाे संरक्षण विषयमा कुराकानी हुन्छ)

राम: श्याम तिमीलाई थाहा छ । हाम्रो देशको धन त वनजङ्गल  पनि हो नि। त्यसैले हरियो वन नेपालको धन भनेिन्छ ।  हाम्रो देशमा जता हेरे पनि प्रायः ठाउमा हरियो वनजङ्गल देख्न सकिन्छ तर त्यो वन अहिले नासिँदै छ ।वनजङ्गललाई संरक्षण गर्नुपर्छ नि है।

श्याम: हुन त हो तर संरक्षण चाहि कसरी गर्ने?

राम: अब कसरी भन्ने नि पुरानो बुढो भएका रुखहरू काटेपछि फेरि नयाँ रुखबिरुवा रोत्ने पुराना रुखहरूलाई नकाट्ने ।

श्याम:अनि त्यत्रो ठुला ठुला जङ्गलबाट काठ चोरी हुँदैन त?

राम: हुन्छ नि त्यसैले त त्यसरी चोरी नहोस् भनेर बनपाले राखिन्छ तर पनि काठ त चोरी हुन्छ रे ।

श्याम:छ नि राम मैले त जङ्गलमा आगाेलागी पनि हुन्छ भन्ने सुनेको नि।

राम:हो नि जङ्गलमा चुरोट खाएर ननिभाइकन फ्याक्यो भने अनि केही पकाएर खाएर आगो निभाएन भने आगाेलागी हुन्छ नि ।  त्यसरी पनि त जङ्गल विनाश  हुन्छ नि ।

श्याम: हाम्रो देश नेपाल  त अरू देशको तुलनामा सानाे छ । अनि कसरी काठ चोरी हुन्छ त ?

राम: के कुरा गरेको होला काठ धेरै र थोरै भए पनि काठ चोरी त  हुन्छ नि ।

श्याम: त्यो चोरेको काठ के गर्छन् होला है  राम ?

राम:त्यो काठ सस्तो पैसामा बेरिहाल्छन्  अनि  विभिन्न फलफूलको बाेट राम्रा राम्रा फूलका बोटहरू पनि हुन्छन्  अनि  विभिन्न अमूल्य जडिबुटीहरू पनि पाइन्छन् ।

श्याम: ए ल हो र आज त मैले कत्ति धेरै कुरा थाहा पाए राम ।

राम:त्यसैले गाउँघरमा बस्ने मानिसहरू दाउरामा भात पकाएर खानलाई जङ्गलमा दाउरा लिन जाने गाईवस्तुलाई हरियो  घासँपात पनि जङ्गलमा नै लिन जाने गर्छन् ।

श्याम: अनि त्यसरी दाउरा घासँपात जङ्गलमा लिँदा  जङ्गलको संरक्षण हुँदैन  र ?

राम: होइन श्याम दाउरा पनि सानो सानो रुखका हागाहरू भुँइमा झरेर सुकेर बसेका हुन्छन् ।  घासपात पनि कलिलो काठलाई नभाँच्ने अलि ठुलो ठुलो रुखको हागा नभाच्ने गर्‍याे भने संरक्षण भइहाल्छ नि ।

श्यामः निकै राम्रा कुराहरू भन्याै राम । अब म पनि सबैलाई यही सल्लाह दिन्छु । 
रामः अब ढिला पनि भइसक्याे । आ-आफ्ना घरतिर लागाैँ है । 
श्यामः हुन्छ नि । बाकिँ काम र कुरा पछि गराैँ है ।

रामः हुन्छ, अब बिदा हाऔँ ।

(दुबैजना आआफ्ना घरतिर लाग्छन्)